Aamsanchar

विपतमा रौतहट बासी, सुरक्षा कार्यालय र व्यारेक डुबान हुँदा झन समस्या

Author Image
शनिवार, असार २८, २०७६

चार दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले रौतहट पूर्णरुपमा डुबानमा परेको छ । बाढीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । सदरमुकाम गौरमासमेत १० फिटभन्दा बढी पानी जमेको छ । सुरक्षाकर्मीका ब्यारेक र कार्यालयसमेत डुबानमा परेपछि उद्धारकर्मी परिचालनमा कठिनाइ भइरहेको छ ।

बाग्मती र लाल बकैया नदीका बाँध विभिन्न स्थानमा फुट्दा सयौं परिवार विस्थापित भएका छन् भने जिल्लाका सबै सडक सञ्जाल पूर्णरुपमा विच्छेद भएको छ । सदरमुकाम गौरको पूर्व र पश्चिम दुवैतर्फ रहेका दुई ठूला नदीहरुमा जलस्तर बढ्दो क्रममा रहेपछि स्थानीय त्रसित छन् ।

झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्याधिक भएर बाढी आउँदा रौतहटको गौर, गरुडा र चन्द्रपुर नगरपालिका समेत पूर्ण रुपमा डुबेका छन् । गएराति गरुडा र सदरमुकाम गौरमा समेत बाढीको पानी पसेको छ ।

गौरको मुख्य सडकमा एक तले घर डुब्ने पानी छ भने जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरीको कार्यालय लगायत प्रहरी यूनिट समेत डुबानमा परेका छन् । गौरमा रहेका सुरक्षा निकायका कार्यालय तथा ब्यारेकहरु समेत डुब्दा उद्दार टोली परिचालनमा कठिनाइ भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 116

प्रतिक्रिया (०)

सम्बन्धित खबर