Aamsanchar

बाढी–पहिरोबाट ३१ जनाको मृत्यु (पछिल्लो अपडेट)

Author Image
शनिवार, असार २८, २०७६

झापा । बिहीबारदेखिको अविरल वर्षाका कारण उपत्यकामा मात्रै ८ जनाले ज्यान गुमाएका छन् । यस्तै अन्य जिल्लामा समेत गरी जम्मा ३१ जनाको मृत्यु भएको छ ।

नेपाल प्रहरीले शनिबार दिउँसो तीन बजे दिएको जानकारीअनुसार अन्य १२ जना घाइते भएका छन् । यस्तै १८ जना वेपत्ता हुँदा १३३ जनाको भने जिवितै उद्दार गरिएको छ ।प्रहरीका अनुसार ललितपुरमा सर्वाधिक ५ जनाको मृत्यु भएको छ भने काठमाडौंमा ३ जनाको ज्यान गएको छ ।

यस्तै धादिङ, मकवानपुर र सिन्धुलीमा २–२ जनाको मृत्यु हुँदा काभ्रे र खोटाङमा ३–३ जनाको ज्यान गएको छ । यस्तै भोजपुरमा ३ जनाको ज्यान गएको छ ।प्रहरीका अनुसार चितवन, रामेछाप, बारा, पर्सा, सुनसरी, ओखलढुंगा, झापा र इलाममा १–१ जनाको ज्यान गएको छ ।

बाढी पहिरोमा परेका काठमाडौंमा १०८ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको सकुशल उद्दार गरिएको छ । बाढी पहिरोबाट विभिन्न धनमाल समेत क्षति भएको छ ।

साथै मकवानपुरमा ४ जना, काभ्रेमा २ जना तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना गरी १२ जना घाइते भएका हुन् । सिन्धुलीमा ४ जना, भोजपुरमा ३ जना तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङमा १–१ जना गरी १८ जना वेपत्ता भएका छन् ।

बाढी तथा पहिरोबाट प्रभावित सम्पूर्ण स्थानहरुमा सम्बन्धित प्रहरी कार्यालयहरूबाट सम्पूर्ण जनशक्ति तथा स्रोतसाधन परिचालन गरी उद्दार तथा वेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

 

यो पनि पढनु होस् ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार रातीसम्म काठमाडौँ लगायत देशको पूर्वी तथा मध्य क्षेत्रमा भारी वर्षा हुने जनाएको छ । सोमबारसम्म मनसुन कमजोर हुँदै जाने भए पनि पूर्णरुपमा वर्षा नरोकिने महाशाखाको भनाइ रहेको छ ।

मौसमविद् समीर श्रेष्ठले भने, ‘सोमबारदेखि मनसुन कमजोर हुँदै जान्छ तर वर्षा पूर्णरुपमा भने रोकिँदैन । आइतबार रातिसम्म भारी वर्षा हुन्छ । मौसमविद्ले भारी वर्षाका कारण पूर्व र मध्य क्षेत्रको पहाडी भूभागमा पहिलो जान सक्ने तथा पूर्व र मध्य तराई क्षेत्रका नदीमा जलको बहाव स्तर बढ्न सक्ने जनाउँदै उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर