Aamsanchar

कोशीमा उच्च खतरा, १ लाख २४ हजार क्यूसेक बढी पानी

Author Image
शनिवार, असार २८, २०७६

सुनसरी ।

बर्षा हुने बितिकै पूर्वमा सबैको ध्यान कोशी नदीमा पर्ने गरेको छ, किनकी कोशीले वितका बर्षमा ठुलो ठुलो क्षती पुराउदै आएकाले पनि हो । यस बर्ष पनि कोशीमा पानी कतिभयो के पो होला भन्ने त्रास सबैतिर भई रहेको छ । संचारमाध्यमहरुले पनि विशेष प्रार्थमितामा कोशीको अवस्थाको बारेमा समाचार सप्रेषण गरिरहेको छ ।

लगातरको समाचार पछि विगत झै भयावह स्थिती भए के गर्न सकिन्छ, अहिले भएको अवस्थाबारे  जानकरी लिन आज दिउँसो प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कोशी व्यारेज तथा सुनसरीको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले कोशी व्यारेज क्षेत्रको अवलोकन गरेका हुन ।

मंगलबार यता लगातार परेको पानीले सप्तकोसीमा पानीको बहाव उच्च भएको छ । एक लाख ५० हजार क्यूसेक पानीको मापन पछि खतरा मानिने आज दिउसो २ बजेको मापन अनुसार २ लाख ७४ हजार ६५ क्यूसेक पानीका बहाव रहेको कोशी ब्यारेज प्रहरीका असई ईश्वरी दाहालले जानकारी दिएका छन् । अहिले ५६ वटा ढोका मध्ये ३६ वटा ढोका खोलिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर