Aamsanchar

आज पनि भारी बर्षा हुने, पूर्वमा बढी खतरा

Author Image
आइतवार, असार २९, २०७६

काठमाडौँ । मनसुन न्यूनचापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक अवस्थित रहेकाले आइतबार पनि देशभर मध्यान्नदेखि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले हिजो एक विशेष बुलेटिन जारी गर्दै न्यूनचापीय रेखासँगै न्यूनचापीय क्षेत्र पनि मध्य र पूर्वी नेपाल नजिक रहेकाले आइतबार मनसुन अति सक्रिय रहने जनाएको छ । पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर मनसुनी वर्षा जारी रही देशको पूर्व र मध्य क्षेत्रका तराई तथा पहाडी भूभागमा केही स्थानमा र पश्चिमी भूभागका तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको हो ।

गए राति देशका पूर्व र मध्यक्षेत्रका पहाडी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)