Aamsanchar

डुबान र  पहिरोमा ज्यान गुमाउनेको संख्या ६० पुग्यो, ३८ जना घाइते, २६ बेपत्ता

Author Image
आइतवार, असार २९, २०७६

 

काठमाडौं । असारको अन्त्य तिर सुरु भएको अबिरल वर्षासँगैको बाढी र पहिरोका कारण अहिलेसम्म देशभर ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । ज्यान गुमाउनेमा २४ जना महिला र ३६ जना पुरुष रहेका छन भने घाइतेको स.ख्या ३८ पुगेको छ । घाइतेहरुमा २१ पुरुष र २६ जना महिला रहेका छन । प्रकोपमा परी वेपत्तामा हुनेमा १२ महिला र १४ पुरुष रहेको नेपाल प्रहरीले जनाएको छ भने विपतमा परेका १४४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढी पहिरोमा परी काठमाडौंमा ३ जना, ललितपुरमा र भोजपुरमा ५/५ जना, ओखलढुंगामा ४ जना, मकवानपुर, खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३ जना, धादिङ, झापा, बारा, धनुषा र डोल्पामा २/२ जना तथा ईलाम, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१ जना गरी जम्मा ५० जनाको मृत्यु भएको हो ।

बाढी पहिरोमा परेका काठमाडौंमा ३ जना, ललितपुरमा ८ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा १ हजार १ सय ४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । बाढी पहिरोमा परी डोल्पामा ११ जना, सिन्धुलीमा ६ जना, ईलाम र मोरङमा ३/३ जना तथा काठमाडौं, ललितपुर, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, महोत्तरी, रौतहट, सिराहा, धनुषा, र धादिङमा १/१ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजीकार्य जारी छ ।

साथै मकवानपुरमा ४ जना, ललितपुर र धनकुटामा ३/३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २/२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, रामेछाप, धादिङ, दोलखा र चितवन १/१ जना गरी जम्मा २५ जना घाइते भएका छन् । घाइतेमध्ये १० महिला र १५ पुरुष रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)