Aamsanchar

कनकाईमा १५ सैयाको अस्पताल निर्माण

Author Image
शुक्रवार, साउन ३, २०७६


कनकाई । झापाको कनकाई नगरपालिका–३, स्थापना भएको कनकाई नगर अस्पतालको उदघाटन गरिएको छ । अनुमानित ६ करोडको लगानीमा निर्मित उक्त भवनको संघिय सरकारका स्वास्थ्य राज्य मन्त्री सुरेन्द्र यादवले बिहिबार उदघाटन गरेका छन ।
स्वास्थ्य राज्यमन्त्री यादवले वर्तमान सरकारको पा“चवर्षे कार्यकालमा देशभरिका सवै स्थानीय तहमा स्वास्थ्य अस्पताल संचालन गर्ने सरकारको योजना रहेको वताउ“नु भएको छ ।

भवन उदघाटन कार्यक्रममा मन्त्री यादवले स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप नेपालको संविधान अनुसार सुरुमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्रलाई कनकाई नगर अस्पतालका रुपमा स्तर उन्नती गरेको बताए । अस्पतालवाट सवै नागरिकलाई अत्याधुनिक उपकरण सहितको निःशुल्क स्वास्थ्य सेवा पुर्याउ“ने सरकारको नीति अनुसार आवश्यक जनशक्ति सहित कनकाई नगर अस्पतालको भौतिक संरचना निर्माणमा सरकारले बजेटको व्यवस्थापन गरेको हो ।

कनकाई नगर लगायत आसपासका शिवसताक्षी र अर्जुनधारा नगरपालिका, झापा र बाह्रदशी गाउ“पालिका लगायत क्षेत्रका नागरकले स्वास्थ्य उपचार सेवा लिन सक्ने छन । अस्पतालमा थप सेवा विस्तारकालागि भवन निर्माण गर्न सरकारका तर्फवाट पुनः ९ अर्व बजेटको व्यवस्था भएको राज्यमन्त्री यादवले जानकारी दिएका छन ।

नगरको गौरबको रुपमा स्थापित नव निर्मित भवन निर्माण गर्नकालागि ५ करोड ५२ लाख ५८ हजार २ सय ३९ रुपैंया ८७ पैशामा दि कञ्चनजंघा र कञ्चनजंघा जेभी काठमाण्डौले कार्यआदेश पाएअनुसार निर्माण कार्य सम्पन्न गरि केही दिन अघि मात्र समितिलाई भवन जिम्मा लगाएको थियो । अस्पतालमा हाल १५ शैया रहेको छ, आवसेकता अनुसार आगामी दिनमा यसलाई बढाउदै लान सकिने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए ।

हरेक स्थानीय तहमा एक अस्पतालको सरकारी अवधारणा अनुरुप कनकाई नगरपालिका ३ स्थित सुरुड्डामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर स्तरको अस्पतालको रुपमा संचालनमा ल्याईएको हो । अस्पताल भवन उदघाटन कार्यक्रममा झापा क्षेत्र नं–४ का प्रतिनिधी सभा सदस्य एलपी सा“वा लिम्वू, प्रदेश सभा सदस्य हिरा थापा, स्वास्थ्य अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद चिमरीया लगायतले स्वास्थ्य भवनलाई व्यवस्थित रुपले संचालन गर्न स्थानीयबासीले विशेष सक्रियता देखाउ“नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 243

प्रतिक्रिया (०)

सम्बन्धित खबर