Aamsanchar

शिक्षामा श्रम नजोडी हुँदैन : हर्क साम्पाङ

Author Image
आइतवार, वैशाख ६, २०८३

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले शिक्षामा श्रम नजोडी नहुने बताएका छन्। आज(आइतबार) पार्टी अन्तरसंवाद कार्यक्रममा उनले श्रम नगरी शिक्षामा सुधार र उत्पादनमुखी नहुने बताएका हुन्।

अबको शिक्षा उत्पादनमुखी बनाउनुपर्ने उनले बताए। उनले भने, ‘श्रमलाई शिक्षामा नपुर्‍याइ हुँदैन, शिक्षाले उत्पादन गर्न नजान्दा आर्थिक मन्दी झेलिरहेका छौँ, किताबको भारीबाट मुक्ति गराएर शिक्षामा उत्पादन लागू गर्नुपर्छ। त्यसैबाट नम्बर दिने व्यवस्था गर्नुपर्छ।’
शिक्षाले नै समाज बदल्ने भन्दै उनले श्रमलाई गलत ढंगले सोच्न नहुने पनि बताए। ‘काम नलाग्ने शिक्षा बिदा गर्नुपर्छ, हप्तामा ३ दिनमात्रै पढाउनुपर्छ’, उनले भने, ‘बाँकी दिन श्रम, श्रमदान, कृषिखेती, आविष्कारमा लगाउनुपर्छ अनि मात्र देश बदल्नेछ।’

 

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर