
भक्तपुर – जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापाको निधन भएको छ। त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा सोमबार अपरान्न करिब ३ बजे उनको निधन भएको हो।
उच्च रक्तचापका बिरामी रहेका ६५ वर्षीय थापा पछिल्लो समय निमोनियाको कारण थला परेका थिए। दुई सातादेखि महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उनको उपचार भइरहेको थियो। रेडियो नेपालको जागिरे जीवनबाट अवकाश पाएपछि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै जिसस प्रमुख बनेका थिए।
सादगी जनप्रतिनिधि थापाको निधनले अपुरणीय क्षति पुगेको छिमेकी समेत रहेका नेपाली कांग्रेस भक्तपुरका सचिव सुशील बस्नेतले बताए। सूर्यविनायक ७ गुण्डु निवासी जिसस प्रमुख थापाका श्रीमती, एक छोरा र ४ छोरी छन्।

Views: 14


