Aamsanchar

बिर्तामोडका एक व्यापारीलाई अपहरण गरि ४० लाख फिरौती माग्ने ३ पुरुष १ महिला पक्राउ

Author Image
मङ्गलवार, साउन ७, २०७६

विर्तामोड ।

झापाको विर्तामाडमा शरिर बन्दक लगायतका विभिन्न अपराधिक कार्यमा सक्रिय रहदै आएको गिरोहलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको छ । विर्तामोडका एक व्यवसायीलाई अपहरण गरी ४० लाख फिरौती माग गरेको घटनामा संलग्न हरुलाई आज प्रहरीले सार्वजनिक गरेको हो ।

 घटनाको शिलशिला यसरी सुरुभएको रहेछ ।

बिर्तामोडका एक व्यवसायीको नम्बरमा एक साता अघि फोन आउँछ । को बोल्नु भएको ? –व्यवसायीले प्रश्न गरे । नम्र स्वरमा महिलाको आवाज आएपछि ब्यवसायीसँंग परिचय आदानप्रदान भयो । त्यही चिनजानपछि सामाजिक सञ्जाल इमोमा जोड्नि पुग्छन् उनीहरु । इमोमा माया, प्रेम हुँदै सेक्ससम्मका कुरा हुन थाल्छन् । त्यसपछि उनीहरु अश्लील भिडियोकल पनि गर्न पुग्छन् । उनीहरुको विश्वास यति छिटो बढेर जान्छ कि त्यो कसैले कल्पना समेत गर्न सक्दैन । एकअर्का बीचको विश्वसकै बीच उनीहरुमा भेट्ने कुरा हुन्छ । केटीले फोन गरेर व्यवसायीलाई आफू बिर्तामोडको भद्रपुररोड आइपुगेको जानकारी गराए लगत्तै व्यवसायी त्यहाँ पुग्छन् । करिब १९ वर्षकी ती युवती देखेपछि मख्ख परेका व्यवसायीले होटल जाने प्रस्ताव गर्छन् ।

किशोरीले होटलमा असुरक्षा हुने भन्दै साथीको कोठामा जान प्रस्ताव गर्छिन् । दुवै साथीको कोठमा पुग्दा त्यहाँ कोही हुँदैनन् । उनीहरु चुकुल लगाएर कोठमा बसेका हुन्छन् । नाटकीय शैलीमा एक युवाले ढोका ढक्ढक्याउँ छन् । ढोका खोल्दा हातमा छुरा बोकेका युवाले दुवै जनालाई गाली गर्नुका साथै कुटपिट गर्न थाल्छ । सञ्जु क्षेत्री भनिने सुजन शंकरले हातमा छुरा बोकेका हुन्छन् उनले ती ब्यवसायीलाई एउटा नम्बर दिन्छन् र फोन गर्न लगाउँछन् । फोन गरेको केही समयमा नै मिराज खान नामका ब्यक्ति त्यहाँ पुग्छन् । सुजनले हातमा छुरा बोकेर तीनै जनालाई गाली गर्दै मिराजलाई केटीलाई छाडिदिन आदेश दिन्छ ।
मिराज किशोरीको साथमा जान्छन् र उनलाई सुरक्षित स्थानसम्म पु¥याएर पुनः त्यही ठाँउमा पुग्छन् । त्यस बेलासम्ममा शंकरले ती ब्यवसायीको नाङ्गो भिडियो तयार गरिसकेका थिए । दुवै जनालाई राखेर शंकरले ५० लाख रुपैयाँको माग गर्छन् । पैसा नदिए भिडियो सार्वजानिक गर्नुका साथै लाश गायब बनाउने धम्की दिन्छन् ।

त्यसबेला मिराजले ५० लाख दिन नसक्ने भन्दै ४० लाख रुपैयाँमा मञ्जुरी जनाउन व्यवसायीलाई आग्रह गर्छन् । सोही अनुसार साउन ५ गते आइतबारभित्र ४० लाख दिने सहमति गरेर उनीहरु त्यहाँबाट निस्किन्छन् । नाटकीय शैलीमा फसेका व्यवसायीको भोक निन्द्रा हराउँछ । त्यसको भोलि पल्टबाट ब्यवसायीलाई रकम के हुँदैछ भन्ने फोनहरु लगातार आउन थाल्छ । मिराजले आफूलाई पनि फोन आएको भन्दै व्यवसायीलाई रकम छिटो तयार गर्न आग्रह गर्छन् । समय नजिकिएसँंगै आत्महत्यासम्मको सोच बनाएका ती ब्यवसायी इलाका प्रहरी कार्यालय अनारमनीमा पुगेर सबै घटना विवरण सुनाउँछन् ।

त्यस लगत्तै प्रहरीले सक्रियताका साथ अनुसन्धान अघि बढाउँछ । आइतबार रकम नदिए लाश गायब बनाउने धम्कीपछि प्रहरीलाई उनको सुरक्षा पनि जरुरी थियो भने अपराधी पक्राउ गर्नुपर्ने दायित्व पनि । आइटी सम्बन्धी राम्रो ज्ञान भएका इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले सक्रियताका साथ अनुसन्धानलाई अघि बढाए ।
प्रहरीले ब्यवसायीलाई फोन आएका नम्बरहरुमा अनुसन्धान गर्दा सफलता हासिल नगरेपछि मिराजलाई निगरानी बढायो । त्यस लगत्तै प्रहरीले सफलता हासिल ग¥यो । प्रहरीले साउन ४ गते शनिबार ४ बजे चारआलीबाट मिराजलाई पक्राउ ग¥यो । मिराजसँंगै रहेका शंकर र उनका एक सहयोगीलाई पनि प्रहरीले एकै स्थानबाट पक्राउ गर्न सफल भयो । लगत्तै किशोरीको खोजी शुरु गरेको प्रहरीले इलाम घर भएकी किशोरीलाई बिर्तामोडबाटै पक्राउ ग¥यो ।

 

पत्रकार सम्मेलनमार्फत प्रहरीले दिएको थप जानकारी : बिर्तामोड–४ कुमारी बैंक पछाडिको गल्लीमा घर भाडामा लिई व्यवसायी अपहरण गर्ने गिरोहका ४ जना व्यक्तिलाई पक्राउ गरेको इप्रका अनारमनीका डिएसपी मोहन थापाले जानकारी दिए । प्रहरीले बिर्तामोड–४ मा मोटर साइकलको रिकण्डिशन सञ्चालन गर्ने २९ वर्षीय मेराज खान, इलाम फाकफोकथुम – १ घर भई हाल विर्तामोड–२ चारपाने बस्ने २० वर्षीया रितु फियाक, दार्जि्लिङको खोरीबारी ठेगाना बताउने २७ वर्षी सञ्जु क्षेत्री भन्ने सुजन शंकर र बिर्तामोड–४ का २५ वर्षीय प्रकास दासलाई पक्राउ गरेको छ । अपहरणमा पर्ने फलफुल व्यवसायी हुन् । उनीसँग पैसा छ भन्ने सूचना मेराज खानलाई मात्र थियो ।
जया खान नाम गरेकी किशोरीको असली नाम रितु फियाक हो । उनलाई अपहरणको घटनामा प्रयोग गरेको देखिन्छ । सो घटना भएको दिन उनलाई प्रकास दासले स्कुटरमा चारपाने पु¥याएका थिए । कुमारी बंंैक पछाडिको कोठा समेत दासले नै भाडामा लिएको प्रहरीको भनाई छ । दासले नै व्यवसायीको नम्बर दिएर कुरा गर्न लगाएको घटनामा संलग्न किशोरीले बताएकी छन् ।

लागु औषध बरामद
प्रहरीले उनीहरुको साथबाट लागुऔषध पनि बरामद् गरेको छ । बा.१५च ७३३९ नम्बरको कार सहित प्रहरीले स्कुफ लेखिएको १०० मि.लि को शिलप्याक ३ बोतल, प्रोप्रानोल १ पत्ता, निट्रोशन १ पत्ता, कालो बोतल १ थान बरामद् गरेको हो ।  कानुनले उनिहरुलाई यस्तो सजाउए दिन्छ ।  अपरहरण गरी फिरौति माग गर्नेलाई शरिर बन्धक बनाई आर्थिक लाभ उधोग गरेको तथा लागु औषध कारोवारीमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको इप्रका प्रमुख डिएसपी मोहन थापाले जानकारी दिए । घटनामा संलग्नहरुलाई लागु औषध र बन्दक दुबै गरेर १७ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।

फरार पनि पक्राउ
अपहरणको घटनामा संलग्न सञ्जु क्षेत्री भन्ने सुजन शंकर फरार अभियुक्त रहेको खुलासा भएको छ । ०७४ सालमा २ जना महिलालाई जवरजस्ती यौनधन्दामा लगाएकोले मानव बेचविखन तथा ओसारपसार मुद्दामा उनलाई जिल्ला अदालत झापाले १० वर्ष कैद सुनाएको थियो । शंकर अहिलेसम्म फरार थिए । शंकरको श्रीमति सुष्मा चौधरी पनि जिल्ला कारागार भद्रपुरमा कैद भुक्तान गरिरहेकी छन् । उनीहरुको कृषिथोकमा सेकुवा कर्नर थियो । सोहि सेकुवा कर्नरमा यौनधन्दा चलाएको आरोपमा मानव बेचविखन मुद्दामा चौधरी कारागार चलान भएकी थिइन् ।

को हुन् मेराज खान
खान बिर्तामोडका पुराना बासिन्दा हुन् । सामान्य परिवारका खानले पछिल्लो समय गरेको आर्थिक प्रगतिले जो कोहि चकित पर्ने गरेका छन् । उनको बलियो आर्थिक स्रोत पनि त्यस्तो नरहेको जानकार बताउँछन् । बिर्तामोडमा पछिल्लो समय पुराना मोटरसाइक बनाएर विक्रि गर्न उनले रिकण्डिशनको व्यापार थालेका थिए । भद्रपुर रोडस्थित विजुली अफिस पूर्वमा रिकण्डिशन सञ्चालन गरिरहेका खान दुई नम्बरी धन्दा गर्ने गरेको अनुमान गरिएको छ ।

लागुऔषधको व्यापार समेत गर्दै आएका खान केहि वर्षयता अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन् । ५र७ वर्षअघिसम्म मासिक २ हजारमा काम गर्ने मेराजसँग अहिले बिर्तामोडमा २ वटा सानदार घर, गाडि र जमिन छ । उनले धन्दाबाटै यो सबै आर्जन गरेको स्रोतको दावी छ । स्रोतका अनुसार खान बिर्तामोडमा मिटरव्याजी कारोवार समेत गर्दै आएका छन् । यो घटनामा उन्मुक्तिका लागि राजनीतिक दलका नेतालाई सहयोग मागिरहेको बुझिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 313

प्रतिक्रिया (०)

सम्बन्धित खबर