Aamsanchar

सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित

Author Image
मङ्गलवार, जेठ १९, २०८३

काठमाडौं  –  विश्वको सर्वोच्च शिखर सगरमाथा १० पटकसम्म सफल आरोहण गरेका सांसद मिङ्मा ग्याबु शेर्पा सम्मानित भएका छन् ।

संघीय संसद सचिवालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख डीपी अर्याल, उपसभामुख रुबी कुमारी ठाकुर र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले सम्मान गरेका हुन् ।

‘मिङ्मा डेभिड’ नामले समेत चिनिने शेर्पा राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद हुन् ।

सम्मान कार्यक्रममा शेर्पाले हिमाल आरोहण आफूलाई नौलो विषय नभएको बताए । सगरमाथा १० औं पटक, ८ हजार मिटरभन्दा माथिका हिमाल ३६ औं पटक र संसारभरी हिमाल सबै जोड्दा लगभग ७० वटा हिमाल आरोहण गरेको उनले जानकारी दिए ।

३७ वर्षीय शेर्पा पछिल्लोपटक जेठ १३ गते बिहान ५:४० बजे सगरमाथाको चुचुरोमा पुगेका थिए । उनले सगरमाथाको चुचुरोमा संसद सचिवालयको झण्डा र लोगो पुर्‍याएका थिए ।

उनले विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गर्ने कान्छो आरोहीको कीर्तिमान बनाएका थिए ।

Views: 20

प्रतिक्रिया (०)