Aamsanchar

दमकमा ग्याङ फाईट, एकको मृत्यु, दुई सक्त घाईते

Author Image
बुधवार, साउन ८, २०७६

मान्छे बाच्न र शान्तपूर्ण जीवनयापन गर्न अनेकौ उपाएहरु खोज्दछ भने, केही भने झैझगडानै जीन्दगी हो भन्ने ठान्छन यस्तो सोचाईको कारण कयौ साना ठुला दुर्घटना घटीसकेको छ । सोही अनुसार बुधबार झापाको दमक नगरपालिकामा दुई युवा समूहबीच झडप (ग्याङ फाइट) भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृत्यु हुनेमा दमक–२ का विक्रम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

घाइते हुनेमा दमक–३ का सरोज भुजेल र दमक–२ का सुजन भुजेल रहेको प्रहरीले जनाएको छ । घाइतेहरु मध्ये सुरजको अबस्था गम्भीर रहेको र उनको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचार भै रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अर्का घाईते सुजनको दमक स्थित लाईफलाईन अस्पतालमा उपचार भै रहेको छ । झडप के कारणले भएको हो भन्ने बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 224

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज माता तिर्थ औंशी, थानकोटमा मेला
मङ्गलवार, वैशाख २५, २०८१
आमा (कविता)
मङ्गलवार, वैशाख २५, २०८१