Aamsanchar

सूर्योदय नगरपालिकामा आएर स्थानियलाई अत्याचार गर्दै भारतिय सिमा सुरक्षाकर्मी

Author Image
शुक्रवार, साउन १७, २०७६

फायल तस्वीर गुगलबाट

नेपालको पूर्ण भूभागको तिन तर्फ भारतले छेकेको छ । नेपाल भारत बिच बिभिन्न समयमा भएका सन्धीको गलत फाईदा उठाउदै भारतिय सिमा सुरक्षाकर्मीले नेपानलको भूभागमा आएर गरेका हर्कतहरु धेरैनै बाहिर आउने गरेको छ । त्यस्तै घटनाक्रम कै एक उदाहरण अनुसार  भारतीय सुरक्षा बल (एसएसबी)ले सूर्योदय नागरपालिका–२ मानेभञ्जयाङका वाङदेन भोटेले बनाउँदै गरेको घर केही दिनअघि बनाउन रोक्यो ।

एसएसबीले सूर्योदय नगरिपालिका–को पशुपतिनगरबाट चारमाइल हुँदै भारतीय बजार जाने बाटोमा समेत साउन ५ गते नेपालीलाई हिँड्न रोक लगायो ।

एसएसबीले इलामको पर्यटकीय सन्दकपुरमा निर्माणधीन भ्यूटावरसहितको काम दशगजामा भएको भन्दै निर्माण गर्न दिएन ।

नेपाल–भारत सीमानजिक आफ्नै देशभित्र समेत नेपालीका गतिविधिमा एसएसबीले रोकेको यी प्रतिनिधि घटनामात्र हुन् । एसएसबीले पछिल्लो समयमा दशगजा आसपास सक्रियाता तीव्र पार्दै नेपालीलाई नेपालभित्र आएर दुःख दिन थालेको छ ।

एसएसबीको आदेशमा नेपालतर्फ बन्दै गरेको घरको निर्माण रोकेका भोटेले भने,एसएसबीले काम रोक्नु भन्यो अहिले घर बनाएको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 268

प्रतिक्रिया (०)

सम्बन्धित खबर