Aamsanchar

खेतमा पानी लगाउन जादा मृत्यु

Author Image
बिहिवार, साउन २३, २०७६

गुल्मी : गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा  खेतमा पानी लगाउन एक जना ब्याक्ति मृत फेला परेका छन्।  जिल्लाको धुर्कोट गाउँपालिका–६ टिम्मुर खर्क निवासी ४० वर्षीय भोजबहादुर घर्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) मिनबहादुर घलेले बताए।

घर्ती बुधवार साँझ खेतमा पानी लगाउन गएका थिए। राति अबेरसम्म घरमा नआएपछि परिवार  खोज्न जाँदा खेतमा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घर्तिको शवलाई पोष्टमार्टमको लागि गुल्मी अस्पताल ल्याइएको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। 

Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर