Aamsanchar

सिट क्षमताभन्दा बढी विद्यार्थी ओसार्दै स्कुल बस, ट्राफिक प्रहरी बेखबर

Author Image
बिहिवार, साउन २३, २०७६

सिट क्षमता हेर्दैन ट्राफिक , सिडियो सम्म पुग्छ गुनासो

बिर्तामोड । 

सिट क्षमताभन्दा धेरै यात्रु राख्नु ट्राफिक नियम उल्लघन भएपनि जिल्ला ट्राफिक प्रहरी झापाले उक्त विषयमा चासो दिएका छैन् । ट्राफिक प्रहरीले विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरे पनि सिट क्षमताको विषयमा ध्यान दिदाँ यात्रुले उभिएरै यात्रु गर्नुपर्ने बाध्यता रहेको बताएका छन् ।

सिट क्षमताभन्दा धेरै यात्रु राखेर सवारी सञ्चालन गर्नु ट्राफिक नियम उल्लघन हो तर ट्राफिक प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने सवारीलाई कारबार्ही गरेको पाइनन् । आर्थिक वर्ष २०७५–७६ मा पर्चा पम्पलेट वितरणदेखि सामुदायिक सेवा मार्फत कक्षा सञ्चालन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले बताए ।

ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा १०४ पटक गरी ९ हजार ८९२ जना विद्यार्थीलाई ट्राफिक नियम सिकाएको छ । विद्यार्थीलाई सवारीमा यात्रा गर्दा ध्यान दिनुपर्ने कुरा, ट्राफिक नियम, बाटो काट्दा अप्नाउनुपर्ने सावधानी लगायतको विषयमा प्रशिक्षण दिने गरेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए । ट्राफिक प्रहरीले विद्यार्थीलाई ट्राफिक नियम सिकाएपनि विभिन्न विद्यालयका सवारी साधनले सिट क्षमताभन्दा धेरै विद्यार्थी राखेर यात्रा गराएको विषयमा भने ध्यान दिएको छैन् ।

विद्यालयमा पुगेर विद्यार्थीलाई ट्राफिक नियम सिकाउने झापा ट्राफिकले स्कुल बस तथा सार्वजानिक सवारीमा सिट क्षमताभन्दा धेरै यात्रु राख्नु ट्राफिक नियम उल्लघन हो भन्ने विषयमा सञ्चालकलाई प्रशिक्षण दिएर कडा नगर्दा सिट क्षमताभन्दा धेरै विद्यार्थीले उभिएर स्कुलसम्म पुग्नुपर्ने बाध्यता रहेको छ । ट्राफिक नियम पालना गर्ने सम्बन्धमा स्कुल ब्यवस्थापकले ध्यान दिनुपर्ने प्रहरी निरीक्षक अधिकारीको भनाई छ । उनले स्कुल बसले सिट क्षमताभन्दा धेरै विद्यार्थी राखेको सन्र्दभमा अभिभावक जागरुक हुनुपर्ने भन्दै ट्राफिक प्रहरीले निगरानी गर्ने उल्लेख गरे ।

ट्राफिक प्रहरीले विद्यालयबाट सञ्चालित स्कुल बसहरुलाई पहेंलो रङको बनाउन लगाएको छ । तर ट्राफिक नियममा कडाई नगर्दा स्कुल बसमा यात्रुलाई कोचिकोचि यात्रा गराउँदा समेत उक्त विषयमा ट्राफिक प्रहरीले ध्यान नदिएको अभिभावकहरुको गुनासो छ ।

उता प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सात महिना अघि पनि झापामा सञ्चालित केहि मन्टेश्वरीहरुले स–साना बालबालिकालाई कोचिकोचि सवारीमा हालेर विद्यालय पु¥याउने गुनासो आफु समक्षा आएको भन्दै ट्राफिक प्रहरीलाई कडाई गर्ने बताए । उनले सिट क्षमताभन्दा धेरै विद्यार्थी राखने स्कुल बसहरुलाई कारबार्हीको दायरामा ल्याउन निर्देशन दिने बताए । ट्राफिक प्रहरीले कति खेर दुर्घटना हुन्छ भन्ने भन्दा पनि ट्राफिक नियम पालना भएको छ कि छैन भन्ने विषयमा चनाखो हुनुपर्ने प्रजिअ दाहालको भनाई छ ।

उनले झापामा सञ्चालित साना तथा ठूला सवारी साधानले ट्राफिक नियम पालना गरे या नगरेको विषयमा जानकारी लिने र थप प्रभावकारी रुपमा अघि बढ्न निर्देशन दिने बताए । सवारी सञ्चालन गर्दा ट्राफिक नियम उल्लघन गर्ने जो कोहिलाई पनि कारबार्हीको दायरामा ल्यान सक्नुपर्ने उल्लेख गरे ।

यसैबीच ट्राफिक प्रहरीले गत आर्थिक वर्षमा एक हजार चार सय १३ पटक विभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दा ७४ हजार ४० जनालाई ट्राफिक ज्ञान प्राप्त भएको जनाइएको छ । ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यहरु गरेपनि ट्राफिक नियम उल्लघनका घटनाहरु बढ्दै गएको तथ्याङकले देखाएको छ ।

आर्थिक वर्ष २०७३–७४ मा साना ठूला गरेर १९१ वटा सवारी दुर्घटना भएको थियो भने आर्थिक वर्ष २०७४–७५ मा १७९ वटा दुर्घटना हुदाँ गत आर्थिक वर्ष २०७५–७६ मा २३९ वटा सवारी दुर्घटना भएको जनाइएको छ । गत आर्थिक वर्षमा भएका दुर्घटनामा ८५ जनाले ज्यान गुमाएका थिए ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर