Aamsanchar

आचार्य बालकृष्णलाई विष खुवाउने आफ्नै कर्मचारी पक्राउ

Author Image
बिहिवार, भदौ १२, २०७६

काठमान्डौं । आचार्य बालकृष्णलाई उनी निकटकै पूर्वकर्मचारीले पेडामा विष मिसाएर खुवाएको तथ्य फेला परेको छ । केही वर्षसम्म पतञ्जली योगपीठको मुख्यालयमा कार्यरत अग्रवाल थरका पूर्व कर्मचारीले कृष्ण जन्माष्टमीको दिन पेडा खुलाएर हत्या प्रयास गरेको खुलेको हो ।

कृष्णजन्माष्टमीको दिन गुरुको हैसियतले एक पाटेट पेडा लिएर हरिद्वारस्थित निवासमा आएका ती कर्मचारीले धेरै पेडामध्ये आफ्नै हातले विष मिलाएको पेडा खान दिएको खुलेको छ । आचार्य बालकृष्णलाई हरिद्वारमा भेट गरी फर्किएका पतञ्जली योगपीठ नेपाल ट्रष्टी इञ्जिनियर शालिकराम सिंहले पेडामा विष खुवाउने पूर्वकर्मचारीलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढको बताए ।

हत्या प्रत्यासबाट जोगिएका आचार्य बालकृष्ण ही भदौं १८ गते नेपाल आउन लागेका छन् । नेपालमा पनि उनको स्वास्थ्यबारे चासो भएकाले नेपाल आउन लागेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर