Aamsanchar

आयुर्वेद उपचारमा आकर्षण बढ्दै

Author Image
बुधवार, भदौ १८, २०७६

विराटनगर, 

पछिल्लो समय मानिसले उपचारका लागि आयुर्वेद पद्दति अपनाउन थालेका छन् ।

एलोपेथिक उपचारमा खर्च बढी लाग्ने भएकाले सामान्य मानिसले खर्च व्यहोर्न नसक्ने भएपछि आयुर्वेदतिर आकर्षण बढ्न थालेको चिकित्सकको भनाइ छ ।

जिल्ला आयुर्वेद अस्पताल मोरङमा गत वर्ष सात हजार ३६ जनाले सेवा लिएको थिए । जसमा नयाँ बिरामीको सङ्ख्या दुई हजार ९६६ छ । क्षयरोग, छारसूत्र, पञ्चकर्म, फिस्टुला र पाइल्स, हर्निया, सुत्केरी महिला, ज्येष्ठ नागरिकलाई विशेष सेवा प्रदान गर्दै आएको सो अस्पतालमा पछिल्लो चरणमा होमियोपेथिक उपचार पनि शुरु गरिएको आयुर्वेद चिकित्सक अनिलकुमार यादवले जानकारी दिनुभयो ।

केही समयपछि फिजोयोथेरापी, ल्याब सेवासमेत सञ्चालनमा आउने सो अस्पतालमा बिरामीको चाप बढ्न थालेको अनुभव भइरहेको उहाँले बताउनुभयो ।

अहिले विराटनगर महानगरपालिकाले पनि एक जना वैद्यको सुविधा प्रदान गरेको छ । यसबाट अस्पताललाई सेवा प्रदान गर्न सजिलो भएको चिकित्सक यादवको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)