Aamsanchar

स्वस्थ्य सेवामा रोटरीको ध्यान

Author Image
बिहिवार, भदौ १९, २०७६

मेचीनगर।  झापाको मेचीनगरको निक्कै दुर्गम ठाउँ मानिएको मेचीनगर-५ स्थित ग्वाला वस्तीमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

अत्यन्तै निम्न आय भएका थोरै मानिसको बसोबास रहेको मेचीनगर-१५ स्थित मेची पारीको ग्वाला वस्ती झापाको कर्णाली जिल्लाको रुपमा समेत परिचित छ । ठुल्ठुला रोग लाग्दा समयमै उपचार नपाउने यहाँका स्थानीयवासी सामान्य रोग लग्दा सम्म उनीहरुले भनेको औषधि खान पाउदैनन् । निक्कै विकट र दुर्गम ठाउँका यी मानिसहरुले एउटा सिटामल सम्म किन्नका लागि १२ किलोमिटरको दुरी तय गर्नुपर्ने बाँध्यता रहेको सोहि वडाका वडा सदस्य वृखलाल राजवंशीको भनाई छ ।

केहीदिनअघि ३५ वटा घरपरिवार बसोबासरहेको सो क्षेत्रको पछिल्लो अवस्था बुझ्न मेचीनगर नगरपालिकाका तात्कालिन निमित्त नगरप्रमुख तथा वडा नम्बर-४ का वडाध्यक्ष नवीन वरालसहितको टोली त्यहाँ पुगेको थियो । त्यस क्रममा स्थानीयले आफ्ना समस्या खाख्दै स्वास्थ्य शिविरको माग गरेका थिए । स्थानीयको माग बमोजिम १५ नम्बर वडाले मेची नेत्रालय मेचीनगर -६ काँकरभिट्टा र मनिषा पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टरको प्राविधिक सहयोगमा रोटरी क्लव अफ काँकरभिट्टा तथा रोट्रयाक क्लब अफ काँकरभिट्टाको सह आयोजनामा शिविर सञ्चालन गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वरालले अब यो ठाउँलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, विद्युत सञ्चारका क्षेत्रमा काम गर्ने विश्वास दिलाए ।

शिविरमा मेची नेत्रालयकातर्फबाट निःशुल्क आँखा परीक्षणसहित आवश्यक अनुसार चश्मा वितरण गरिएको थियो भने डाक्टर आनन्दराज खनालले हाड जोर्नी तथा नशारोगीलाई सेवा प्रदान गरेका थिए । स्वास्थ्यकर्मी दिलीप सुवेदीसमेत सेवाग्राहीको स्वास्थ्य परीक्षण गरेका थिए । स्थानीय मेची प्राथमिक विद्यालय परिसरमा पहिलो पटक आयोजना भएको निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीयलाई ठुलो राहत मिलेको विद्यालयका प्रधानध्यापक युवराज ढकालको भनाई छ ।

आर्थिक अभावकै कारण बाँध्य भएर लामो समयदेखि रोग पालेर घरमा बस्न बाँध्य यहाका मानिसले आज घरमै निःशुल्क स्वास्थ्य परिक्षणमात्र होइन औषधि र चश्मा समेत प्राप्त गर्दा निक्कै खुशी लागेको स्थानीयको भनाई छ ।

रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष मोहन निरौलाले क्लबले आगामी दिनमा समेत यस्तै ठाउँमा स्वास्थ्य, शिक्षालगायतका क्षेत्रमा खुलेरै सहयोग गर्ने बताए । शिविरमा करीव लाख रुपैयाँ मुल्य बराबरको औषधि तथा पचासभन्दा बढी चश्मा निःशुल्क वितरण गरिएको थियो । क्लबका सचिव उदयकुमार श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा १५ नम्बरवडाका अध्यक्ष गुणराज भट्टराई, स्वास्थ्यकर्मी दिलीप सुवेदीलगायतले बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)