Aamsanchar

आज शनिबार जान्नु पर्ने कुरा, के हो शनिग्रह, साढ़ेसाती र अढैया ?

Author Image
शनिवार, मंसिर ७, २०७६

शनि ग्रह (Saturn) सौर्यमण्डलमा सबै भन्दा सुस्त गतिमा हिड्ने शनै शनैश्चरति इति शनैश्च  (slow-moving) ग्रह भनेकै शनि हो । सौर्यमण्डलमा सूर्यबाट छैटौं ग्रहको रूपमा अवस्थित एउटा ग्यासको पिण्ड gas giant हो, जसमा ग्यास नै ग्यास रहेको छ, यसमा ठोस सतह नै छैन । यसको वरिपरी तिन ठुला ठुला ग्रहीय चक्रहरू घुमिरहेको देख्न सकिन्छ, जुन बरफ र खनिज चट्टानले युक्त्त छ । शनि ध्रुव तिर चेप्टो र भुमध्यरेखातिर फैलेको छ किन भने यो एकदम तिब्र गतिले घुम्दछ । शनिग्रह सौरमण्डलको एउटामात्र त्यस्तो ग्रह हो जसको घनत्त्व पानीको भन्दा कम छ । उदाहरको लागि यदि कल्पना गर्ने हो भने शनिलाई ठूलो पोखरीमा राखियो भने पोखरीमा शनि तैरनेछ । शनिग्रहमा Hydrogen (H2), Helium, Methane, Ammonia, Hydrogen deuteride (HD), Ethane, Ices, Ammonia, water, ammonium, hydrosulfide (NH4SH) आदि तत्त्वहरू विद्यमान छन् ।

शनिले एउटा राशिलाई भोग गर्न लगभग २ वर्ष ६ महिनाको समयम लाग्दछ र सम्पूर्ण १२ वटा राशिचक्रलाई भ्रमण गर्न लगभग ३० वर्ष लाग्दछ । अतस् एउटा राशिमा शनिको प्रभाव लगभग साँढेसात वर्षसम्म रहन्छ र अढैयाको समयावधि २ वर्ष ६ महिनाको हुने गर्दछ ।

शनिग्रह जुन राशिमा बस्दछ, शनिले उक्त राशि र त्यसभन्दा अगाडि र पछाडिका दुबै राशिमा समेत गरी एकै पटकमा तीन वटा राशिमा शनिको साढेसातीको प्रभाव पार्दछ । शनि जुन राशिमा उपस्थित भएको हुन्छ, त्यस राशिमा मध्य साढेसाती, गएको राशिमा अन्त्य साढेसाती र आउने राशिमा आद्य साढेसातीको प्रभाव निश्चित हुन्छ ।

द्वादशे जन्मगे राशौ द्वितीये च शनैश्चरः ।
सार्धानि सप्तवर्षाणि तदा दुःखैर्यतो भवेत् ।।

त्यस्तै आफ्नो राशिबाट चौथो र आठौं घरमा शनिग्रह बसेको भए अढैया शनिको दशाकाल मानिन्छ ।

ढैय्या तु प्रददाति वै रविसुतश्चन्द्रे चतुर्थाष्टमे,
व्याधि बन्धु विरोध देशगमनं क्लेशं च चिन्ताधिकम् ।।

जन्मकुण्डलीको आधारमा हेरिने शनिको विंशोत्तरी महादशा जम्मा १९ वर्षको र त्रिभागी महादशा १२ वर्ष ०८ महिनाको हुने गर्दछ । साढेसाती र अढैया तथा विंशोत्तरी र त्रिभागी महादशा भिन्न भिन्न विषय हुन् । राशिका आधारमा आद्य, मध्य र अन्त्य साढेसाती र अढैयाको प्रभाव रहने त छँदैछ, त्यसबाहेक आफ्नो जन्म राशिबाट चौथो, सातौं र दसौं घरमा रहेको शनिलाई पनि अरिष्ट नै मानिन्छ । यदि शनिग्रह हाम्रो जन्म कुण्डलीमा प्रतिकूल अवस्थामा बसेको छ भने व्यक्तिलाई शारीरिक, मानसिक र आर्थिक पक्षले दुःखित बनाउँछ, दिनचर्या अव्यवस्थित बन्दछ, कलह र मनमुटाव बढाउँछ, गरेको कार्यमा व्यवधान आउने हुन्छ, विविध दुःख र कष्टको सामना समेत गर्नु पर्दछ ।
शनि ग्रहले जहिलेपनि नराम्रो फल मात्रै दिन्छ भन्ने छैन यसले मानिसको जीवनमा कस्तो फल प्रदान गर्दछन् र त्यसको प्रभाव शुभ वा अशुभ के कस्तो हुन्छ रु यसको विवेचना भने जन्मकुण्डलीको बाह्रवटै भाव, बाह्रवटै राशि, २७ वटै नक्षत्र, शनिको दृष्टिसम्बन्ध, गति ९बक्री वा मार्गी०, स्थिति, कारकत्व, व्यक्तिको चलिरहेको महादशा, अन्तरदशा, प्रत्यान्तरदशा, गोचर, साढेसाती वा अढैयाको स्थिति, उच्च, नीच, स्वगृही, शत्रुगृही, भिन्नभिन्न ग्रहसँगको सम्बन्ध, अंशादिको बल, विभिन्न शुभ र अशुभ नैसर्गिक योगको निर्माण, होरा, द्रेष्काणादि विविध कुण्डली आदिका अधारमा निर्धारण गर्ने गरिन्छ ।

केवल राशिका आधारमा अथवा एउटा सूत्रका माध्यमबाट मात्रै यस्तो हुन्छ नै भनेर फलादेश गर्नु या मनमा त्रास लिनु र उक्त फलादेशका आधारमा मात्र स्वस्तिशान्ति आदि उपाय गर्नाले शनिग्रहको पूर्णरूपले दशानिवारण सम्भव छैन । केवल राशिका आधारमा अथवा एउटा सूत्रका माध्यमबाट मात्रै यस्तो हुन्छ नै भनेर फलादेश गर्नु या मनमा त्रास लिनु र उक्त फलादेशका आधारमा मात्र स्वस्तिशान्ति आदि उपाय गर्नाले शनिग्रहको पूर्णरूपले दशानिवारण सम्भव छैन अतस् सम्पूर्ण पक्षको सहि विश्लेषण गरेर समस्याको जड़ पत्ता लगाई उपाय र निदान भने सम्भव छ ।

यदि राशिका आधारमा मात्र ग्रहको पूर्णरूपले दशानिवारण सम्भव भए यो संसारमा कोहि दुखि हुने थिएनन् होला विश्वको कुल जनसङ्ख्याको १२ भागको एक भाग लगभग एउटै राशिका मानिस हुन सक्छन् । त्यस मध्ये कोही धनि छन् कोही गरिब, कोही राजा छन् कोही भिखारी, कोही महलमा बसेका होलान्, कति खुल्ला आकाशमुनि निदाउन बाध्य छन्, कत्ति अस्पतालको बेडमा रोग र कष्टपूर्ण जीवन धान्दै होलान्, कोही कारागारमा, कोही मोजमज्जामा, कोही भ्रमणमा, कोही विवाहको तयारीमा होलान् त कोही बिछोडको, कोही जागिरे त कोही वेरोजगार, कोही हनिमुनको आनन्दमा त कोही परदेशमा पसिना बगाउँदै होलान् ।

अतस् ग्रहको दुष्प्रभावबाट बच्न र शुभ फल प्राप्त गर्न राशिका आधारमा मात्र विश्लेषण पर्याप्त छैन, त्यसैले विज्ञ तथा योग्य विशेषज्ञको सल्लाह तथा सुझावमा आफ्नो चिना एवं जन्म कुण्डलीको सम्पूर्ण पक्षको विश्लेषण गराई भाग्य वृद्धि गराउन सकिन्छ । अस्तु ।।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर