Aamsanchar

हेल्मेटभित्र लागुऔषध लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुईजना पक्राउ

Author Image
बुधवार, वैशाख १६, २०८३

इनरुवा-  सुनसरीमा हेल्मेटभित्र लागुऔषध ‘ब्राउन सुगर’लुकाएर ओसारपसार गरिरहेको अवस्थामा दुईजना पक्राउ परेका छन् । प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएपछि तस्कर र कारोबारीले लुकाउने शैली परिवर्तन गर्दै हेल्मेटको प्रयोग गरेको पाइएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट सखुवागाछीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा लागुऔषध फेला पारेको हो । लौकहीबाट इटहरीतर्फ जाँदै गरेको को २५ प ५०५५ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा चालक इटहरी उपमहानगरपालिका–१ का १६ वर्षीय युएन लिम्बूले लगाएको हेल्मेटभित्र लुकाइएको ५.३५ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

प्रहरीले लिम्बू र मोटरसाइकलको पछाडि सवार इटहरीकै १८ वर्षीय आशिष बान्तवा राईलाई नियन्त्रणमा लिएको छ । मोटरसाइकलसहित दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर