Aamsanchar

पर्यटन प्रवर्द्धनका लागि प्रदेश सरकारलाई सुझाव, काँकडभिट्टामा सरोकारवालासँग अन्तरक्रिया

Author Image
मङ्गलवार, जेठ ५, २०८३

बिर्तामोड । झापाको काँकडभिट्टास्थित पर्यटन कार्यालयमा पर्यटन क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने संघ–संस्था, व्यवसायी तथा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मंगलबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन तथा पर्यटन क्षेत्रको अवस्था अनुगमन गर्ने उद्देश्यले उद्योग, पर्यटन, वन तथा वातावरण संसदीय समितिका सांसदहरू र पर्यटन क्षेत्रका प्रतिनिधिबीच छलफल गरिएको हो ।

अन्तरक्रियामा संसदीय समितिका सदस्यहरू रामदेव यादव, खिनु लिम्बू, गणेशप्रसाद उप्रेती, गोपाल तामाङ, जयप्रकाश चौधरी तथा निरन राई को सहभागिता रहेको थियो ।

पर्यटन कार्यालय काँकडभिट्टा का प्रमुख छविलाल खतिवडा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका अधिकृत निरोज कट्टेल ले कार्यालयले हालसम्म गरेका काम, पर्यटन क्षेत्रको अवस्था तथा देखिएका चुनौतीबारे प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा पर्यटन पत्रकार, संरक्षणकर्मी, यातायात तथा होटल व्यवसायीसहित विभिन्न क्षेत्रका प्रतिनिधिहरूले पर्यटन विकासका लागि आवश्यक नीति, पूर्वाधार र प्रचारप्रसारका विषयमा सुझाव दिएका थिए ।

छलफलमा, ईश्वरीकुमार पौडियाल, शंकर लुइटेल, देवेन्द्र खरेल, उदयकुमार श्रेष्ठ, आकाश श्रेष्ठ, रामबहादुर तामाङ, राजेन्द्र रिजाल, इन्दिरा श्रेष्ठ, मञ्जिल देवान तथा तुलसी भट्टराई लगायतले धारणा राखेका थिए ।

सहभागीहरूले संघीय नीतिगत जटिलताका कारण प्रदेश स्तरबाट प्रभावकारी काम गर्न कठिनाइ भइरहेको उल्लेख गर्दै पर्यटन क्षेत्रको प्रवर्द्धन, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा प्रदेश सरकारले विशेष प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा पर्यटनलाई प्रदेशको आर्थिक समृद्धिसँग जोडेर अगाडि बढाउन सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा सहभागीहरूले जोड दिएका थिए ।

Views: 41

प्रतिक्रिया (०)