Aamsanchar

भजन गाँउने ओठ भन्दा सेवा गर्ने हात महान हुन्छ भन्ने मान्यता धार्मिक क्षेत्रमा लागु

Author Image
शनिवार, मंसिर ७, २०७६


झट्ट हेर्दा यो दृष्य मन्दिरमा भगवानको दर्शको लागि लामबद्ध जस्तो देखिन्छ तर यो भिड मन्दिर दर्शनको लागि नभएर झापाको अर्जुनधारा धाममा शनिबार आँखा जाँच गराउन आएकाको लाईन हो । भजन गाउँने ओठ भन्दा सेवागर्ने हात महान हुन्नछन भन्ने भनाई धार्मिक ग्रन्थहरुमानै उल्लेख छ, तर धार्मिक स्थलहरुमा सेवाका काम भन्दा भजन कृर्तन पुजाआजा पाठ पुराण धेरै हुने गरेको पाईन्छ, यस बर्ष भने पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारामा पुजा अनुश्ठानका सथै मानवसेवाको काम पनि भएको छ, यो बर्ष पुजा गर्नेको लाईन मात्र हैन स्वस्थ्य सेवा लिनेको लाईन पुजा गर्नेको भन्दा कम छैन ।


३७ औं वार्षिक अनुष्ठानको अवसरमा अर्जुनधारा जलेश्वर धामको आयोजना र भारतको कलकत्तास्थित महाविर सेवा सदनको प्राविधिक सहयोगमा निःशुल्क आँखा तथा विकलाङ्ग सेवा शिविर बिहीबारदेखि शुरु भएको छ ।
मंसिर ७ गतेसम्म आँखा शिविर संचालन हुने छ भने विकलाङ्ग सेवा शिविर अन्र्तगत नाम दर्ता गरि यही मंसिर १३ गतेदेखि २० गतेसम्म कृत्रिम हातखुट्टा वितरण गरिने धाम समितिले जनाएको छ । शिविरमा डा. जीतेन्द्र गग्लानीसँगै हार्दिक गग्लानी, सान्तनु दास र प्राविद्यिकहरु पोल्टु मण्डल, राजेश गड्वाल र शौरभ साहूले सेवा दिईरहेका छन । त्यसैगरी स्थानिय स्वास्थ्य कर्मीहरुले पनि सेवा प्रवाह गरिरहेका छन ।

भारतका विभिन्न स्थानमा स्वास्थ्य सेवा संचालन गर्दै आएको स्वास्थ्य टोली नेपालमा पहिलो पटक सेवा प्रवाह गरिरहेको छ ।
उच्च स्तरको प्रविधी सहित डाक्टर र स्वमसेवकको ६ जनाको टोलीनै लिएर आएको महाविर सेवा सदनको शिविरमा आँखा जाच गर्न सयौंको संख्यामा सर्वसाधारण उपस्थित भएका छन । बिहान ७ बजेदेखि बेलुका अवेरमम्म लाईन बसेर आखाँका विरामीले सेवा लिई रहेकाछन ।

विगतका बर्षदेखि बालाचर्तुदशीको अवसरमा भव्य र सव्य धार्मिक अनुश्ठान र धार्मिक मेला आयोजना हुदै आएको थियो, यस बर्ष पनि विशेष सजिसज्जाका साथ अनुश्ठान र मेलाको आयोजना संगै वृहत स्वास्थ्य शिविरमा तिन हजार पाँचसय भन्दा धेरैले सेवा लिई सकेका छन ।
पाँच हजार जना भन्दा बढीको आँखा परीक्षण, पाँच सय जनालाई आँखाको अवस्था अनुसार चस्मा वितरण र पाँच सय जना विकलाङ्गलाई कृत्रिम हातखुट्टा वितरण गर्ने लक्ष्य राखिएको धामका अध्यक्ष नविनकुमार गट्टानीले बताएका छन ।

आगामी दिनमा महाविर सेवा सदनले नेपालमा एक लाख जनालाई चस्मा वितरण तथा १० हजार जनालाई कृत्रिम हातखुट्टा वितरण गर्ने उदेश्य राखेको महावीर सेवा सदनका सदस्य राजेश गड्वालले जानकारी दिएका छन ।
विशेषगरि विपन्नहरुको लागि सञ्चालन गरिने शिविर शहर भन्दा गाँउ केन्द्रीत रहने बताईएको छ । दान भेटी मात्र संकलन गर्ने हैन मानवलाई प्रत्यक्ष सेवा पुग्ने काम गरेर पनि धर्मको प्रचार र संरक्षण गर्न सकिने शंदेश अर्जुनधाराले दिएको छ । आगामी दिनमा पनि यस्तै मनाव सेवाको काम गर्न अर्जुनधारा धाम अग्रसर बन्न सकोस् शुभकामना ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 5

प्रतिक्रिया (०)

सम्बन्धित खबर