Aamsanchar

आई.सि.एम.एस र जापानको एक विश्वविद्यालयबीच सम्झौता

Author Image
आइतवार, मंसिर ८, २०७६


काठमाडौं । संकट व्यवस्थापनमा स्नातकोत्तर र विद्यावारिधीका लागि नेपालको इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेन्ट स्टडिज (आईसिएमएस) र जापानको एक विश्वविद्यालयले सहकार्य गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत आईसीएमएस र जापानको कानागावा विश्वविद्यालय अन्र्तगत इन्स्टिच्युट अफ क्राईसिस म्यानेजमेण्ट स्टडिजबीच यस्तो सम्झौता भएको हो ।

आइसिएमएसले काठमाण्डांैमा पत्रकार सम्मेलन गरि सम्झौताबारे जानकारी गराएको हो । समझदारी अनुसार, इन्स्टिच्युट अफ क्राइसिस म्यानेजमेण्ट स्टडिजमा संकट व्यवस्थापन संकाय अन्तर्गत अध्ययनरत विद्यार्थी तथा प्रोफेसरहरुले जापान गएर अध्ययन अध्यापन गर्न सक्नेछन् ।पत्रकार सम्मेलनमा कलेजका संस्थापक सदस्य डाक्टर गंगालाल तुलाधरले सम्झौताले अध्ययन कार्यक्रम साटासाटको साथै संकट व्यवस्थापनका विषयमा संयुक्त रुपमा अध्ययन अनुसन्धान गर्न सजिलो हुने बताए ।

डाक्टर तुलाधरले कलेजले विद्यावारिधी पनि सुरु गरेको र जापानमा गएर विद्यावारिधी गर्न चाहनेका लागि सम्झौताले बाटो खुल्ला गरेको बताए । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त आइसिएमएसले संकट व्यवस्थापन विषयमा अध्यायन गराउँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 220

प्रतिक्रिया (०)

सम्बन्धित खबर