Aamsanchar

कृष्णदासलाई बलत्कार आरोप लगाउने महिलाको कम्जोरी भेटियो

Author Image
शनिवार, मंसिर १४, २०७६

इटहरी : सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको अभियोग लगाउने महिलाले निरन्तर र एकोहोरो म्यासेज फेसबुकमा पठाएको पाइएको छ। कृष्णदासमाथि बलात्कार जस्तो गम्भीर र संगीन आरोप लगाएकी महिलाले पठाएको म्यासेजले भने घटनालाई नयाँ रुप दिएको छ। गिरीमाथि कात्तिक ४ गते बलात्कार गरेको आरोप लगाएकी महिलाले पठाएका एसएमएसको लामो श्रृंखला नै प्रहरीले संकलन गरेको छ। तीमध्ये केही म्यासेज प्रहरीले नै सार्वजनिक गरिदिएको छ। ती महिलाले ६ महिनायता एकोहोरो पठाएका म्यासेज जम्मा गर्दा करिब ५२ पृष्ठको नोट नै बनेको प्रहरीले जनाएको छ ।

प्रहरीले संकलन गरेको म्यासेजबाट महिलाले नै निरन्तर भेट्न खोजेको देखिएको हो। आफूलाई भेट्न बोलाएर चतरास्थित आश्रममै बलात्कार गरेको आरोप लगाए पनि उनै महिलाले भने आफैँ जबरजस्ती भेट्न त्यहाँ पुगेको म्यासेजले देखाएको हो। प्राप्त फेसबुक च्याटको स्क्रिन सर्टमा पीडित भनिएकी महिलाले एकतर्फी रुपमा म्यासेज पठाएको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एक अधिकृतले बताए। गिरीलाई भेट्न पाऊँ, चुम्बन गर्न पाऊँ, अंकमाल गर्न पाऊँ भन्ने खालका अनगिन्ती म्यासेज ती महिलाले पठाएकी छिन्।

महिलाले ६ महिनादेखि यसरी निरन्तर म्यासेज गरे पनि सिद्धबाबाले कुनै जवाफ फर्काएको प्रहरीले भेट्टाएको छैन। ुकेही त गरिस्यो, हरेक रात हजुरसँग बितोस, होइन भने मर भनिस्योु, केही म्यासेजमा उनले भनेकी छिन्, मेरो इच्छा पुरा गरेर जति गाली गरेनी गरिस्यो। गिरीलाई आरोप लगाउने महिलाले विभिन्न बहानामा कृष्णदाससँग भेट्ने आकांक्षा राखेको म्यासेजबाट देखिएको छ। एकोहोरो प्रेममा परेको जस्तो देखिने ती महिलालाई कृष्णदासले कुनै जवाफ फर्काएका छैनन्। अर्कातिर उनले एकोहोरो आशक्तियुक्त म्यासेज पठाउने महिलासँग प्रतिवाद पनि गरेको देखिँदैन।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर