Aamsanchar

अर्जुनधारा नगरपालिकाले विकास लिम्बुलाई गर्यो न्यानो स्वागत

Author Image
बुधवार, मंसिर १८, २०७६

अर्जुनधारा १८ मंसीर । हिमालय टेलिभिजनको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को फाइनलिष्ट बिकास लिम्बुलाई अर्जुनधारा नगरपालिकाले स्वागत र सम्मान गरेको छ ।
सोही नगरपालिका वडा नम्बर –१ मा स्थायी घर भएका लिम्बुलाई अर्जुनधारा नगरपालिकाले चन्द्रगढी विमानस्थलदेखि स्कर्टिङ गर्दै नगर परिक्रमा गराएको थियो । नगरपालिकाले लिम्बुलाई भोट गरेर बिजयी बनाउन आग्रह समेत गरेको छ ।

‘द भ्वाइस अफ नेपाल’ सिजन २ को टप ४ मा पर्न सफल लिम्बुले अर्जुनधाराको शनिश्चरे बजार र खुदुनावारीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमसँगै सांगितीक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विकास लिम्बु जिताऔं अभियानको आयोजनामा भएको सांगितीक कार्यक्रममा लिम्बुले तीनवटा गित प्रस्तुत गरेका थिए । विकासलाई भ्वाइस अफ नेपालको बिजेता बनाउन अभियान सञ्चालन गरेको संयोजक विजय सेन्दाङले बताए । उनले लिम्बुलाई जिताउन भोट गर्न समेत नगरवासीलाई आग्रह गरेका छन् ।

कार्यक्रममा अर्जुनधारा नगरको भाषा, कला, साहित्य र संस्कृतिक प्रवद्र्धन समितिका संयोजक सुशिला सुवेदी, सदस्य सचिव तिवेन्द्र अधिकारी, वडा नं. १० का अध्यक्ष वलदेवसिंह गोम्देनलगायतले बोल्दै लिम्बुलाई भोट दिन आग्रह गरेका थिए । भ्वाइस अफ नेपालले उनलाई गृह नगर परिक्रमा गराउने अभियान अनुसार झापा ल्याएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर