Aamsanchar

फेसन फेष्टिबलको पहिलो अडिसनमा छानिए साढे तीन वर्षे बालक

Author Image
बिहिवार, पौष ३, २०७६


आगामी अप्रिल २५ तारिखमा थाइल्याण्डमा हुने इन्टरनेशनल फेसन फेष्टिबलका लागि पहिलो चरणको अडिसनबाट १२ जना छनोट भएका छन् । छनोट हुनेमा साढे तीन वर्षीय बालक कृभिशेष खड्कासमेत छन् ।

ड्रिम सर्च एजेन्सीले आयोजना गर्ने थाइल्याण्ड इन्टरनेशनल फेसन फेष्टिबलका लागि काठमाडौंमा भएको पहिलो चरणको अडिसनबाट प्रि-किड्स, किड्स, प्रि-टिन र टिनहरु गरी १२ जनालाई छनोट गरिएको छ । अडिसनबाट कूल ३५ जना छानिने छन् । त्यसका लागि भक्तपुर, इटहरी, धरान, विराटनगर र पोखरामा पनि अडिसन हुनेछ ।

प्रतियोगितामा ३.५ देखि १७ वर्ष उमेर समूहका बाल बालिकाले सहभागीता जनाउन सक्नेछन् ।

थाइल्याण्डमा हुने इन्टरनेशनल फेशन फेष्टबलमा यो सौन्दर्य प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा भने आगामी अप्रिल २५ तारिखमा हुनेछ ।

ओपेरा रेष्ट्रो एण्ड ब्यांक्वेट बालुबाटार, काठमाडौंमा भएको पहिलो चरणको छनोटमा मिष्टर वर्ल्ड नेपाल २०१९का अजयजंग रायमाझी, इथोज व्याण्डका विजय कँडेल, जिम प्रशिक्षक आशिस ढेवाजुलगायत निर्णायक थिए । अतिथिको रुपमा मिसेस टुरिजम एम्बेसडर २०१९ शिलाष्मा मल्ल, मिष्टर ग्लोबल टिम नेपाल २०२० साहिलजित चौधरीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर