बिर्तामोड। प्रदेश सभा सदस्य हीरा थापामाथि दुव्र्यवहार भएको छ । शनिवार साँझ कनकाई बहुमुखी क्याम्पसको हाताभित्र सांसद थापामाथि हातपात र दुव्र्यवहार भएको हो । कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पससभा अध्यक्ष समेत रहेका थापा दिनभर भएको छलफलका आधारमा साँझ निर्णय लेखन प्रक्रियामा थिए । प्रकाश चुडाल नेतृत्वको क्याम्पस सञ्चालक समिति अवैधानिक भएको क्याम्पस सभाको ठहरपछि सांसद थापामाथि कुटपिट भएको हो । निर्णय लेखिदै गरेको ‘माइन्युट’ पनि एक समूहले खोसेर लगेको छ ।
कनकाई बहुमुखी क्याम्पसमा केही महिना प्राध्यापक संघका सभापति हरिप्रसाद तिम्सिनालाई निष्कासन गरिएपछि विवाद चुलिँदै आएको छ । झापाका प्रमुख जिल्ला अधिकारीको रोहवरमा पुस १२ गते क्याम्पस सभाले सबै समस्याको समाधान गर्ने सहमति बनेपछि विवाद मिलेको थियो । क्याम्पससभामा अध्यक्षमाथि हातपात र माइन्यूट खोसिएपछि क्याम्पसको समस्या थप जटिल बनेको छ । नेकपाका कनकाई नगर अध्यक्ष रविन्द्र लम्सालले माननीय थापामाथि भएको आक्रमण र माइन्यूट लुट्ने क्रियाकलाप निन्दनीय भएको बताए।