Aamsanchar

तेस्रो चरण आन्दोलनको तयारीमा उखु किसान

Author Image
सोमवार, माघ २०, २०७६

सर्लाही। सरकारसँग गरेको प्रतिवद्धता अनुसार चिनी उद्योगले भुक्तानि नगरेपछि सर्लाहीका उखु किसानले पुनः आन्दोलनको घोषणा गरेका छन् ।

उखु किसान सङ्घर्ष समितिले आइतबार विज्ञप्ती जारी गरी पुनः तेश्रो चरणकाआन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

सरकारले माघ ८ गते भित्र उखु मिलहरुबाट पाउनु पर्ने र अनुदान रकम भुक्तान गराउने सहमति गरेकोमा सो अनुसार गराउन नसकेकाले आफुहरु पुनः आन्दोलनमा उत्रन बाध्य भएको समितिले जनाएको छ ।

सरकारले पुस १८ गते पाँच बुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट सबै पुरानो बक्यौता भुक्तानि गराउने प्रतिवद्धता जनाएको थियो । उद्योगमन्त्री लेखराज भट्ट आफैले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काउनु भएको थियो ।

तर मध्य माघ भइसक्दा समेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट पूरा भुक्तानी पाएका छैनन् ।

अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानि गर्न बाँकी छ ।

समितिले फागुन मसान्त सम्म किसानहरुले पाउनुपर्ने रकम भुक्तानी नपाए चैत्र ४ गते देखि पुनः राजधानी केन्द्रीत आन्दोलन थाल्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 272

प्रतिक्रिया (०)

सम्बन्धित खबर