Aamsanchar

क्यान्सर रोग बारे सचेतना फैलाउदै डाक्टर,स्वास्थ्य कर्मीहरुले गरे बिर्तामोड परिक्रमा

Author Image
मङ्गलवार, माघ २१, २०७६

बिर्तामोड । आज विश्व क्यमन्सर दिवस संसार भरी विभिन्न कार्यक्रम गरी मनाईएको छ । त्यस्तै झापाको बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालले पनि सचेतना मूलक कार्यक्रम गरेर मनाएको छ ।
वीएण्डसी हस्पिटलका र पूर्वाञ्चल क्यान्सर अस्पताल डाक्टर, स्वास्थयकर्मीहरुले बिर्तामोड चोक परिक्रममा गरि क्यान्सर विरुद्ध लडने चेतनामूलक व्यानर, प्लेकार्डका साथै नारा लगाएर दिवस मनाएका थिए ।

यसैबर्षबाट संचालनमा आएको पूर्वाञ्चल क्यान्सर अस्पतालमा धेरै क्यानसरका रोगीहरु उपचारर्थ रहेका छन । र्यालीमा सय भन्दा धेरै स्वास्थ्य कर्मीहरुको सहभागिता रहेको थियो ।

अध्यनहरुका अनुसार संसारभरिका क्यान्सरले गराउने मृत्युको कूल २२ प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने पाईन्छ । १० प्रतिशत भने धेरै खाना खाएर या पौष्टिक आहारको कमीका कारण, मदिरा सेवन र नियमित ब्यायामको कमीले हुने रोग र सक्रंमणका कारणले हुने क्यान्सरले हुनेरहेछ । बाँकी क्यान्सरका कारणहरुमा विकिरणहरु अनि अन्य संक्रमणहरु रहेका छन् । विकासोन्मुख देशहरुमा भने हेपाटाईटीस बि, सि अनि ह्यूमन प्यापीलोमाू भाईरसहरुका कारणले पनि क्यान्सर भएको पाईन्छ । केही क्यान्सरहरुभने पुस्तैनीरुपमै जिनमा आउने हुन्छ, कूल क्यान्सरको ५ देखि १० प्रतिशतसम्म यस्ता पुस्तैनी रुपमा आउने आनुवांशिक क्यान्सर पर्दछन् ।

सुर्तिजन्य पदार्थको सेवन नगर्नाले, शरीरको तौल सन्तुलनमा राख्नाले, मदिरा र प्याकेटका खानेकुरा कम खाएमा, प्रशस्त फलफूल अनि तरकारि खाने बानी गरेर अनि घामवाट बचेर क्यान्सरको जोखिम न्यूनिकरण गर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 332

प्रतिक्रिया (०)