Aamsanchar

सुनचाँदीको मूल्य

Author Image
बुधवार, वैशाख ९, २०८३

काठमाडौँ –  स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ। सुन प्रतितोला ८०० र चाँदी ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला तीन लाख पाँच हजार रुपैयाँ कायम छ। चाँदीको भाउ पाँच हजार १३० रपैयाँ कायम भएको छ।

मङ्गलबार छापावाल सुनको मोल प्रतितोला तीन लाख एक हजार ३०० र त्यति नै परिमाणको चाँदी पाँच हजार १६० मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५५ र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Views: 105

प्रतिक्रिया (०)

सम्बन्धित खबर