Aamsanchar

झापाको हल्दिबारी गाउँपालिकामा श्रीमतीको ह*त्या गरेको आरोपमा श्रीमान प*क्राउ

Author Image
बुधवार, जेठ ६, २०८३

झापाको हल्दिबारी गाउँपालिका–५ धनुषा टोलमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ जेठ ५ गते राति करिब ११ बजे हल्दिबारी–५ धनुषा टोल निवासी ४४ वर्षीय गोकर्णप्रसाद भण्डारीले घरायसी विवादका क्रममा आफ्नी ३३ वर्षीया श्रीमती उर्मिला भण्डारीमाथि धारिलो हतियार ‘बाम्पोक’ प्रहार गरेका थिए । टाउकोमा गम्भीर चोट लागेपछि उर्मिलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनामा प्रयोग गरिएको बाम्पोक बरामद गर्नुका साथै आरोपी गोकर्ण भण्डारीलाई तत्काल नियन्त्रणमा लिएको छ । मृतकको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल पठाइएको छ ।

घटनामा संलग्न भण्डारीलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत ज्यान सम्बन्धी कसूरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जिल्ला अदालत झापाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

Views: 30

प्रतिक्रिया (०)

सम्बन्धित खबर