Aamsanchar

नेपालमा लसुन अभाव, मुल्य आकासियो

Author Image
बिहिवार, माघ २३, २०७६

पछिल्लो एक महिनामा काठमाडौंमा लसुनको मूल्य तीन गुणाले बढेको छ । गत २२ पुषमा प्रतिकिलो २ सय ८५ रुपैयाँ रहेको सुकेको लसुनको मूल्य अहिले बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ ।

पछिल्लो एक महिनामा यसको मूल्य ३ सय ५० रुपैयाँले बृद्धि भएको हो ।

चीनमा देखिएको कोरोना भाइरसको संक्रमणका कारण आयात रोकिएपछि नेपाली बजारमा लसुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल लसुनमा आत्मनिर्भर नभएपछि बजारको माग पूरा गर्न व्यवसायीले चीनबाट आयात गर्दै आएका छन् ।

नेपालमा करिब ८० प्रतिशत लसुन चीनबाट आयात हुँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 688

प्रतिक्रिया (०)

सम्बन्धित खबर