Aamsanchar

श्रम सम्झौता कार्यान्वयनको प्रभाव : मलेशिया जाने कामदार बढे

Author Image
शुक्रवार, माघ २४, २०७६

मलेशियासँगको नयाँ श्रम सम्झौता कार्यान्वयनमा आएसँगै वैदेशिक रोजगारीका लागि त्यहाँ जाने नयाँ नेपाली कामदारको संख्या बढ्न थालेको छ । नेपाल सरकारले मलेशिया सरकारसँग गरेको नयाँ श्रम सम्झौता गत भदौदेखि कार्यान्वयनमा आएको हो ।

त्यसयता नयाँ श्रमस्वीकृति तथा वैधानिकीकरण भएर मलेशिया जाने कामदारको संख्या बढ्दै गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षको पुुससम्ममा २२ हजार ८१४ जना नयाँ नेपाली कामदार मलेशिया गएका छन्, जुन गत आवको सोही अवधिको भन्दा ७७९ दशमलव ८३ प्रतिशतले बढी हो । गत आवको पुससम्म २ हजार ५९३ जना मात्र नेपाली नयाँ श्रमस्वीकृत लिएर मलेशिया पुगेका थिए ।

पुनः श्रमस्वीकृति लिएर भने १५ हजार १६७ नेपाली मलेशिया गएका छन्, जसअनुसार पुससम्म ३७ हजार ९८१ जना नेपाली कामदार त्यहाँ गएको देखिन्छ । गत आवमा मलेशियामा कुल १७ हजार ८३० जना नेपाली कामदार गएका थिए ।

म्यानपावरद्वारा कामदारहरू ठगिएको भन्दै सरकारले २०७५ जेठदेखि मलेशियाका लागि श्रमस्वीकृति दिन रोक लगाएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 410

प्रतिक्रिया (०)

सम्बन्धित खबर