
काठमाडौं – नेपाली बजारमा सोमबार (जेठ ११) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा एक हजार ९०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ९२ हजार ८०० रुपैयाँ कायम छ । आइतबार =(जेठ १०) छापावाल सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १४० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला पाँच हजार १५० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

Views: 23


