Aamsanchar

काेन्टेले नापोली छाडे

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं – इटालियन क्लब नापोलीका प्रशिक्षक एन्टोइनो कोन्टेले क्लब छाडेका छन् । उनी सन् २०२४ मा इंग्लिस क्लब टोटनहमबाट नापोली पुगेका थिए ।

यो सिजनमा टोलीले चौथो स्थानमा रहेर इटालियन सिरी ‘ए’को अन्त्य गरेको थियो ।

कोन्टेको प्रशिक्षणमा नापोली गत सिजन सिरी ‘ए’ च्याम्पियन बनेको थियो । यस सिजन टोलीले दोस्रो स्थानमा रहेर लिग अन्त्य गरेको थियो ।घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गरे पनि नापोली च्याम्पियन्स लिगमा भने निकै कमजोर देखिएको थियो । टोलीले समूह चरण पार गर्न सकेन ।

‘‘नापोलीको प्रशिक्षक बन्न पाउनु सम्मानको विषय हो । यो साँच्चै विशेष थियो । हामीले उत्कृष्ट सिजन बितायौँ । मेरा लागि एउटा असाधारण अनुभव रह्यो,’’ कोन्टेले भने, ‘‘मैले केही साताअगाडि नै अध्यक्षलाई क्लब छाड्ने जानकारी गराइसकेको थिएँ । यो मेरो निर्णय हो । नापोली सधैँ मेरो मनमा रहनेछ ।’’

 

Views: 1

प्रतिक्रिया (०)

सम्बन्धित खबर