Aamsanchar

मूर्ती चोरीगर्ने पराजुली पक्राउ

Author Image
आइतवार, माघ २६, २०७६

रङ्गेली । हरेक धर्म मान्नेहरुले आफूले  पुज्ने, आस्था भरोसा गर्ने भगवानको प्रतिमा राख्ने स्थान (मन्दिर)को विकास र प्रवन्धनको लागि सिंगो समाजनै एक ढिक्क बनेर लागेको हुन्छ । त्यही समाजमा यस्ता पनि मान्छे हुन्छन अर्काको सम्पती चोरीगरेर जीवनमा रमाईलो मोजमस्ती गर्ने एकादुई मान्छे हुन्छन त्यस्तै मोरङको रंगेलीमा मन्दिरको मूर्ती समेत चोरेर मोज गर्ने योजनाकार पक्राउ परेका छन ।

मोरङको रङ्गेली नगरपालिका ७ स्थित संसारी माइ स्थान मन्दिर भित्रको चाँदीको बहुमूल्य मूति र अन्य सामान चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रंगेली नगरपालिका ३ का भुवन पराजुलीलाई मन्दिरको मूर्ती चोरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
गत माघ २२ गते राति १० बजेर ५४ मिनेटमा पराजुीले मन्दिरभित्रको चाँदीको मूती र अन्य विभिन्न सामाग्री चोरी गरेका थिए । प्रहरीले पराजुलीलाई रंगेलीबाट शनिबार पक्राउ गरेको हो । इलका प्रहरी कार्यालय रङगेलीका प्रमुख इनिस्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मन्दिरबाट चोरी भएको मूर्तीसहित अन्य विभिन्न सामाग्री पराजुलीको घरबाट बरामद गरेको हो ।

प्रहरीका लागि बहुमुल्य सामान फिर्ता ल्याउनु र चोर पक्राउ गर्नु निकै चुनौति भएपनि सिसि टिभि फुटेजले प्रहरीलाई चोरीमा संलग्नलाई पक्राउ गर्न सजिलो भएको इप्रका रंगेलीका प्रमुख दाहालले जानकारी दिए ।

पराजुलीका घरमा छापा मारेर उनी सुत्ने कोठामा रहेको काठको लो बेडमुनि हरियो रङको कोट कभरमा चेन लगाएर लुकाएर राखिएको संसारी माताको मूर्तिको शिरमा लगाउने चाँदीको मुकुट १ थान, छत्र १ थान, त्रिशूल १ थान, पित्तलको गणेश र छोटी माताको पुरानो मूर्ति २ थान तथा पित्तल र फलामको त्रिशूल २ थान फेला पारेको छ । चाँदीका ३ वटा सिक्री पनि पराजुलीको घरबाट प्रहरीले बरामद गरेको छ । चोरी भएका मालवस्तुको मूल्याकन ११ लाख ३५ हजार गरिएको प्रहरीले जनाएको छ । पराजुलीले चोरीमा प्रयोग गरेको ज १२ प ५४६८ नम्बरको मोटरसाइकल पनि उनको घरबाटै बरामद गरिएको छ । साथै चोरी गर्दा लगाएका लुगा, टोपी, झोला, हाफ पञ्जा, विन चिटर, जुत्ता फेला परेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर