Aamsanchar

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन

Author Image
मङ्गलवार, माघ २८, २०७६

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

भारत, अन्य एशियाली मुलुक, यूरोप, अमेरिकाबाट कम पर्यटक नेपाल आउँदा समग्र पर्यटक आगमनमा कमी आएको हो । तर, जनवरीमा चीनबाट आउने पर्यटकको संख्यामा सामान्य वृद्धि देखिएको छ । विभागका अनुसार चीनबाट १३ हजार ३०३ पर्यटक यस जनवरीमा नेपाल आए, जुन गतवर्षको सोही महीनामा १२ हजार ९१६ थियो ।

पर्यटन व्यवसायीहरूका अनुसार जनवरीमै आगमन घटनु भ्रमण वर्षका लागि सुखद लक्षण होइन । उनीहरूका अनुसार चीनबाट फैलिएको कोरोना भाइरस संक्रमणको प्रभाव नेपालमा फेब्रुअरीबाट देखिनेछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा टीपी भुसालले लेखेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 234

प्रतिक्रिया (०)

सम्बन्धित खबर