Aamsanchar

२४ घण्टामा ३ हजार ५०१ जना सवारी चालक कारबाहीमा

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं –  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरेको छ ।

आज बिहानसम्म मादक पदार्थ(मापसे) मा ७७, अवस्था ठीक नभएको ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही सङ्ख्या तीन हजार ५०१ जना रहेका छन् । कारबाहीबाट जम्मा राजस्व रकम २५ लाख १५ हजार ५०१ रुपैयाँ रहेको छ ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर