Aamsanchar

नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा. गोंगलको निधन

Author Image
मङ्गलवार, वैशाख ८, २०८३

काठमाडौं –  नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

डा. गोंगलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ ।

डा. गोंगलले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए ।उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९न्याम्स०का संस्थापक निर्देशकसमेत थिए ।

करिब चार दशकसम्म वीर अस्पतालमामा सेवा दिएका डा। गोंगलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए ।

१८८९ चैतमा काठमाडौंमा जन्मिएका उनले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजमा एमबीबीएस गरेका उनले बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरे ।

सन् १९६१ मा नेपाल फर्किएपछि गंगोलले वीर अस्पतालमा काम सुरु गरेका थिए । उनले सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाहरूको अभ्यास थाले । त्यतिबेला प्रर्याप्त उपकरण नहुँदा उनले जोखिम नै मोलेर नयाँ विधिहरूको सुरुवात गरेका थिए ।

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दिँदै डा। गोंगलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको बताएको छ ।

Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर