Aamsanchar

जामुनखाडी–प्रजापतीमा ओभरहेड ट्याङकी शिलन्यास

Author Image
मङ्गलवार, फागुन ६, २०७६

चारपाने । झापाको कनकाई नगरपालिका वडा नम्बर २ मा जामुनखाडी प्रजापती,कनकाई खानेपानी आयोजनाको ओभरहेड ट्याङकी निर्माण आज शिलन्यास गरिएको छ ।  झापा क्षेत्र नं.४ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद लालकुमार साँवाले ओभरहेडट्याङकी को शिलन्यास गरेका हुन । कनकाई २ र १ नम्बर वडा बासी एतीका बर्ष सम्म शुद्धखानेपानी अभावमा पिडित बनि रहेको अवस्थामा सांसद साँवाले शिलन्यास कार्यक्रममा अवछिट्टै योजना सम्मन गर्न आफू लागिपर्ने र अब आउदा धारा खोलेर पानीखानेगरिमात्र आउने बताएका छन । सांसद साँवाको भनाई सुनेर स्थानियहरु अत्यन्तै खुशीबनेका थिए ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाले ठेक्का लगाएको हो । प्रदेश १ सरकार र दातृ संस्थाबाट प्राप्त बजेट अनुसार जि.आर.डि. कन्स्ट्रकसन शंखु–५, ललितपुरलेभ्याट सहित १ करोड ४१ लाख २६ हजार ९ सय ७२ रुपैयामा ठेक्का पारी काम गर्न सुरु गरेको हो । २०७६ फागुन २ गते बाट काम सुरु भएको छ, ४५० घनमिरटको ओभरहेड ट्याङकी १८ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता रहेको छ ।

जामुनबाडी प्रजापती कनकाई खानेपानी आयोजनाका अध्यक्ष ऋषीकेश खतिवडाकोअध्यतामा शिलन्यास कार्यक्र आयोजना भएको थियो भने सांसद लालप्रसाद साँवाको प्रखुखआतिथ्यता रहेको थियो । कार्यक्रमा कनकाई १ नम्बर वडाका अध्यक्ष रोशन पोखरेल, ४ नं वडाका अध्यक्षगोविन्द पौडेल, कनकाई नगर कार्यपालिका सदस्य सीता अधिकारी, वडा सदस्य प्रताप राई,ईन्जिनियर कारी महतो, बाबुकाजी श्रेष्ठ, ठेकेदार देवेन्द्र चौलागाइँ, कनकाईनगरपालिका योजना कार्यक्रम संयोजक उमानाथ ढकाल जामुनखाडी सामुदायिक वनका अध्यक्ष खेमसिटौला लगायतको आथित्यता रहेको थियो ।

कार्यक्रममा जामुनखाडी प्रजापती कनकाई खानेपानी आयोजना समिति सदस्य मिलनढकालले स्वागत, औतित्यमाथी प्रकास अध्यक्ष खतिवडा र संचालन सचिव निर्मल खनालले गरेकाथिए ।    

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 421

प्रतिक्रिया (०)

सम्बन्धित खबर