Aamsanchar

गौरादहमा जुवाको खाल संचालन, प्रधानाध्याप, समाजसेवी, राजनितीकर्मी गरि ८ जना पक्राउ

Author Image
शनिवार, फागुन १०, २०७६

झापा : झापामा समाजका बौधिक व्यक्तित्व, सामाजिक, राजनितिक नेतृत्वककर्ता भन्ने हरुनै कानुनले प्रतिबन्ध गरेको जुवा खेल्ने क्रममा प्रहरीले गएराती जुवाको खालबाट ९१ हजार सहित ८ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सवै सामाजिक क्षेत्रमा नाम चलेका ब्यक्ति रहेका छन । सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकका साथै राजनितिक दलका स्थानीय नेता समेत पक्राउ परेको प्रहरीले जनाउको छ ।
पक्राउ परेका मध्ये गोपाल पोख्रेल स्थानीय अमर माविका प्रधानाध्यापक हुन । त्यस्तै रामवहादुर ढुंगाना लेखनाथ प्राविका शिक्षक हुन् । उनीहरुसंगै पक्राउ परेका अन्य केही अर्थमन्त्री युवराज खतिवडा र १ नम्बर प्रदेशका कानुन मन्त्री हिक्मत कार्की निकटका स्थानीय नेता रहेको बताईएको छ ।
ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा गएको प्रहरी टोलीले स्थानीय गौरादह नगरपालिका वडा नम्बर ९ का दिनेश पोख्रेलको घरमा जुवा खेलिरहेका ८ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथवाट कौडा र नगद वरामद भएको छ ।
जिल्ला स्थित प्रहरी उच्च श्रोतका अनुसार बिहीबार राती करिव साढे १० बजे स्थानीयले प्रहरीलाई जुवा खेलिरहेको गोप्य सुचना दिएका थिए । स्थानीयले दिएको सुचनाको १५ मिनेटमा प्रहरीले जुवा खेलिरहेको घर घेरा हालेको थियो ।
प्रहरीले पोख्रेलको घर घेरा हालेर जुवाडे पक्राउ गरेपछी स्थानीयबासी पुगेका थिए । प्रहरीले १६ थान कौडा ,मोबाईल ७ थान र नगद ९१ हजार ३ सय ८० रुपैंया बरामद गरेको ईलाका प्रहरी कार्यलय दमकका डीएसपी विजयराज पंडितले जानकारी दिए । उनका अनुसार पक्राउ परेका सवै गौरादह ९ बैगुनधुराका हुन् । प्रहरीले ज्ञानेन्द्र ढकाल, जयप्रसाद गौतम, रामबहादुर ढुङगाना, गोपाल पोख्रेल, महेश निरौला, रोहित बस्नेत, नेत्र पोख्रेल र गोपाल ढकाल पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका सवैलाई जुवा ऐन अन्तर्गत कारवाही हुने दमक प्रहरीका प्रहरी नायव उपरिक्षक पण्डितले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर