Aamsanchar

स्ट्रबेरीले बाह्रदशीको नाम विश्वमा फैलाउदै, दैनिक सयौं कृषि पर्यटक राजगढमा

Author Image
सोमवार, फागुन २६, २०७६


चारपाने । झापाको बाह्रदशी गाउँपालिका वडा नं. १ जनता बजार पस्चिम घाग्रा खोला किनारमा गोल्यान एग्रो ट्रेड प्रालिले शूरु गरेको स्ट्रबेरी खेती हेर्न आजभोली मानिसको घुईचो बढदै गएको छ ।
पूर्वको लागि नौलो खेती स्ट्रबेरी भएकाले झापा र जिल्ला बाहिरबाट स्ट्रबेरी खेती हेर्न र ताजा स्ट्रबेरी खरिद गर्न यतीखेर दैनिक १ सय देखि ४ सयको संख्यामा मानिसहरु फर्ममै आउने गरेको स्ट्रबेरी फर्मका कर्मचारी राजेन्द्र भट्टले बताए ।

काठमाडौंस्थित गोल्यान एग्रो ट्रेड प्रालिले ३५ बिघा क्षेत्रफलमा यो खेती शुरु गरेको हो । गत वर्ष परिक्षणको लागि चार कठ्ठा जमीनमा गरिएको थियो भने सो खेतीको परीक्षण सफल भएपछि चालू आर्थिक वर्षमा ३५ बिघा जमीनमा खेती गरिएको बताईएको छ ।
भारतको कोलकत्ताबाट चार प्रकारका स्ट्रबेरीको बिरुवा ल्याएर खेती शूरु गरिएको हो । चिसो र उच्च क्षेत्रमा मात्र हुन्छ भन्ने मान्यता राख्ने कृषकका लागि झापामा फलेको स्ट्रबेरीले धेरैलाई अचम्मित बनाएको छ ।

स्वीट सेन्सेसन, स्वरीडा ब्यूटी, क्यामारुजा र नामिलिया नामक जातका गरि ६ लाख स्ट्रबेरीका बोट रहेको छ भने करिव ४ लाख बोटले उत्पादन दिई रहेको छ भने अरु बोटबाट पनि उत्पादन तयार भईरहेको छ ।
मौसमी खेतीका रूपमा लगाइने स्ट्रबेरी लगाइएको दुई महिनादेखि नै फल्न थाल्ने र चार महिनासम्म रहने भएकाले यसको बजारका लागि कुनै समस्या नरहेको हाल प्रदेश १ का मुख्य सहरहरु र काठमाडौंमा बिक्रीका लागि पठाउने गरिएको छ । उपभोक्ताको माग उच्च रहेकोले पाग अनुसारको स्ट्रबेरी उपभोक्ताा समक्ष पुर्याउन नसकिएको कर्मचारी भट्टले बताए ।

रोपेको दुई महिनाबाट फल्न सूरु गर्छ । हरेक तिन दिनमा स्ट्रबेरी टिप्ने गरिएको छ । अझै १ महिना सम्म उत्पादन भईरहने छ । हाल सम्ममा करिव ५० टन स्ट्रबेरी बजारमा बिक्री भईसकेको  बताईएको छ भने समय र मौषम अनुसार मुल्य फेरबदल भई रहने भएपनि यतीवेला कम्पनीले स्ट्रबेरीलाई तिन तहमा बर्गीकरण गरेर मुल्य निर्धारण गरेको छ, जसमा प्रतिकिलो ४ सय देखि १ हजार रुपैया सम्म रहेको छ ।
रु १० करोडभन्दा बढीको लगानीमा शुरु गरिएको यस खेतीमा हाल ५० जना भन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । विगतमा औद्योगिक क्षेत्रमा लगानी गरिरहेको गोल्यान ग्रुपले यस वर्षदेखि कृषिमा समेत लगानी शुरु गरेको हो ।

कृषिलाई पूर्ण व्यवसायिक बनाउदै कृषिबाट नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ भन्ने एक उदाहण बनेको छ बाह्रदशीको यस कृषि फर्म । नेपालको विभिन्न ठाउँमा गरि १ हजार विघा क्षेत्रफलमा फलफूल खेती गर्ने लक्ष अनुसार हाल २ सय विघामा अग्यानिक फलफूल खेती शूरु गरिसककेको कम्पिनीका कृषि वैज्ञानिक विवेक शुक्लाले बताएका छन । स्ट्रबेरी उत्पादन सकिए पछि सोही ठाउँमा भुईकटहर (अनारस) लगाउने तयारी सुरु गरिएको जानकारी समेत शुक्लाले दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर