Aamsanchar

अटो चालक सन्तोषले गीत गाउदा, पत्रकार रमेश पनि बने अटोरिक्सा चालक

Author Image
सोमवार, चैत ३, २०७६

भिडियो विमोचन गर्दै प्रमुख अतिथि चन्द्र भण्डारी, भण्डारीको दायाँ तर्फ लेखक/निर्माता चूडामणि पौडेल, बायाँ तर्फ क्रमस् बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तरामणी सापकोटा ।

बिर्तामोड । पुरानै गायक थिए, पैषाको कारणले चिनिन नसकेका सन्तोष सिवा आजवाट पुन गायकको रुपमा चिनिएका छन, हुन त उनि पहिलेदेखिकै राम्रा गायक हुन् तर अडियोमा मात्र सिमित रहेर गायकी पस्कीरहेका सिवा भिडियोमै देखिएर आफ्नो परिचयलाई विस्तार गरेका छन ।

पेशाले उनि हाल अटो चलाउछन अटो चलाउनु उनको पारिवारिक बाध्यता हो, यदि उनिसंग आफ्नो क्षमता देखाउन खर्चगर्न सक्ने हैसियत हुन्थ्यो भने एतीवेला उनी देश, विदेशका कार्यक्रमका स्टेज र दर्जनौले लेखेको सब्दमा आफ्नो कर्णप्रिय स्वर दिई रहेको हुन्थे होला ।

गरिवीकै कारण आफ्नो अलौकिक गायन कलालाई मार्न विबस बनिरेको अवस्थामा जीवन त चलाउनै पर्छ भनेर बिर्तामोडमा रहेको हलेसी ट्रेड लिंकमा गएर एउटा अटो रिक्सा खरिद गरे । अहिले त्यही अटो रिक्सा चलाएको आम्दानीले उनको र परिवारको जीवनयापनको सहारा बनेको छ ।

गायक सन्तोष सिवा ।

समय र परिस्थितीले उनको गायन प्रतिभा लुकेर बसेको थियो । उनी गायन क्षेत्रमा अब्बल छन्। त्यही कुरा हलेसी ट्रेड लिंकका सञ्चालक चूडामणि पौडेलले थाहाँ पाएर उनका लागि गीत निर्माण गरिदिए र सोमबार विर्तामोड स्थित होटल ह्यावनमा विशेष कार्यक्रम आयोजना गरि सन्तोषको स्वरमा रहेको गीत अटो रिक्सा सार्वजनिक गरिएको छ ।
अग्रज पत्रकार, संगीतप्रेमी, प्रमुख अतिथि चन्द्र भण्डारीले म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। निर्माता चुडामणी पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशक शंकर कोइरालाले गरेका छन् भने कोरियोग्री झापाली कान्छा अभिषेकले गरेका छन ।

बिमोचन कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणी सापकोटा, समाजसेवी राजु न्यौपानेले गीतीभिडियोको बारेमा धारणा राखेका गरेका थिए ।

उक्त गीतमा टिका भण्डारीको संगीत रहेको छ । म्युजिक भिडियोमा पत्रकार सूर्योदय टेलिभिजनका समाचार शाखाका प्रमुख रमेश तिवारी अटो ड्राइभरको भूमिकामा देखिएका छन । स्वदेशमै बसेर अटो कुदाउनु राम्रो भन्ने सन्देश म्यूजिक भिडियोमार्फत दिन खोजिएको छ । यस भिडियो र गीतको सब्दले अटो चालकको सम्मान र कदर पनि गरेको बुझन सकिन्छ ।

भिडियो हेर्नुहोस् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर