Aamsanchar

सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गर्ने पक्राउ

Author Image
मङ्गलवार, वैशाख १५, २०८३

काठमाडौं – सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ठगी आरोपमा गोकर्णेश्वर नगरपालिका–८ बेसीगाउँ बस्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपलिका–३ घर भएका ३८ वर्षीय सञ्जय बहादुर तामाङलाई शुक्रबार पक्राउ गरेको हो ।

भक्तपुर चाँगुनारायण नगरपालिका–४ स्थित चिहानडाँडामा गत वैशाख ४ गते पीडितलाई बोलाई सस्तो दरमा अमेरिकन डलर साटिदिने भनि प्रलोभनमा पारी ३ लाख १० हजार रूपैयाँ ठगी गरी फरार भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई काठमाडौं महानगरपलिका–४ महाराजगञ्जबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर