Aamsanchar

प्रहरीले बरामद गरेको १० लाख मास्क सुपथ मूल्यमा बिक्रि गरिने

Author Image
सोमवार, चैत ३, २०७६

सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) राखेर बजारमा बिक्री वितरणका लागि पठाउने भएको छ।

महान्यायाधीवक्ता अग्नीप्रसाद खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो०)यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहितलाई बोलाएर बरामद मास्क सुपथ मूल्यमा सर्वसाधारणसम्म पुर्‍याउन बैठक गरिरहेको भइरहेको छ।

‘आईजीपी सहितको बैठक बस्दैछौं,’ महान्यायाधीवक्ता खरेलले भने, ‘सरकारी संस्था वा निकायमार्फत बरामद मास्क सर्वसाधारणले सुपथ मूल्यमा खरिद गर्न पाउने ब्यवस्थापन गदैछौं।’

कोरोना भाइरस अर्थात कोभिड–१९को महामारी फैलिएसँगै नेपालमा रोकथामका लागि आवश्यक चिकित्सकीय सामाग्रीको अभाव सुरु भएको छ। उपचारमा संलग्न चिकित्सक, बिरामी र उसको नजिक रहने ब्यक्तिका लागि अति आवश्यक र अनिवार्य मानिएको चिकित्सकीय मास्कको बजारमा अभाव छ।

यही क्रममा काठमाडौं प्रहरीले तीन दिनमा करिब १० लाख भन्दा बढी मास्क बरामद गरेको छ। तर ती मास्कको कालोबजारीमा संलग्नहरूलाई पक्राउ गरेसँगै बरामद मास्क दशीका रुपमा जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन्। बजारमा मास्कको अभाव भइरहँदा लाखौं मास्क कानूनी अड्चनका कारण प्रशासनमा थन्किएका हुन्। कानून अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म ती मास्क दशीका रुपमा राख्नुपर्छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी सहसचिव जनकराज दाहालले काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधीवक्तासँग छलफल भइरहेको हो।

प्रहरीले हालसम्म १० लाख ८६ हजार थान मास्क सहित कालोबजारीमा संलग्न १३ जना पक्राउलाई गरेको छ। प्रहरीले ३ रुपैयाँ खरिद मूल्य पर्ने मास्क ३१ रुपैयाँसम्म खरिद बिक्री हुने गरेको जनाएको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार प्रहरीले ३ चैत्रमा आरडीजी इन्टरनेशनल सप्लायर्सको सतुंगलस्थित गोदाममा छापा मारेर ८ लाख ४० हजार थान मास्क बरामद गरेको हो। यसअघि प्रहरीले २ चैत्रमा यही सप्लायर्सबाट खरिद गरेर महँगोमा बिक्री गरिरहेका पाँचजनालाई पक्राउ गरेर उनीहरुका साथबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेको थियो। प्रहरीले पक्राउ गरेकाहरुबाटै सतुंगलस्थित गोदामको खुलासा भएको थियो।

यो घटनामा सुरज गोयल, सुवास महेश्वरी, अजिम बक्स मियाँ, संजय रेग्मी र टेकराम श्रेष्ठ पक्राउ परेका थिए।

यस्तै प्रहरीले १ चैत्रमा डल्लु आवसमा मिन्टु तामाङ्गले संचालन गरेको माहाकाल मन्जु श्री ट्रेर्डसमा छापा मारेर ७८ हजार थान मास्क सहित ८ जनालाई पक्राउ गरेको थियो। पक्राउपर्नेमा काभ्रेका निशान तामाङ मिन्टु तामाङ्ग, मानकाजी लामा, रामेछापका अनिष कार्की र शिव खड्का, बाजुराका थुमराज उपाध्याय, निर्प अधिकारी र काठमाडौंका उज्वल अधिकारी छन्।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सुनको भाउ
सोमवार, वैशाख २४, २०८१
सुनको भाउ आज
शुक्रवार, वैशाख २१, २०८१