Aamsanchar

प्रहरीले बरामद गरेका मास्क साझा औषधि पसलहरुबाट बिक्री

Author Image
शुक्रवार, चैत ७, २०७६

काठमाडौं । प्रहरीले बरामद गरेका मास्कहरु साझा औषधि पसलहरुबाट बिक्री गर्न थालिएको छ । साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले सरकारी अस्पताल परिसरमा साझा औषधि पसल चलाउने गरेको छ ।

साझाका पसलहरुमा मास्क किन्नेहरुको लाइन छ । शुक्रबार बिहान त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा रहेको साझा औषधि पसलमा पनि मास्क किन्नेहरुको निकै लामो लाइन देखिएको छ । जहात्यही मास्क नपाउने भएपछी लाइन बास्नु परेको सर्वसाधारण को भनाइ छ।
सरकारले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा अवैध रुपमा लुकाइ राखेका मास्क बरामद गरेको थियो। बुधबार मात्रै काठमाडौंको सानो भर्‍याङबाट १० लाख थान मास्क बरामद गरेको थियो।

बुधबार कोरोना भाइरस९कोभिड–१९० संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अवैध रुपमा लुकाइ राखिएको अवस्थामा बरामद भएका मास्कमध्ये ५ लाख स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिने र बाँकी साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडमार्फत ब्रिकी गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 274

प्रतिक्रिया (०)

सम्बन्धित खबर