Aamsanchar

राहत कोषमा झापाका कानुन ब्यवसायीद्धारा ५१ हजार सहयोग

Author Image
आइतवार, चैत १६, २०७६

बिर्तामोड । सरकारले कोरोना भाइरस विरुद्ध ५० करोड राशीको केन्द्रीय राहत कोष खडा गरेसंगै विभिन्न क्षेत्रबाट रकम जम्मा हुन शुरु भएको छ ।

कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज बनाउका लागि राहत कोष खडा गरेको हो। उक्त राहत कोषमा झापाका कानुन ब्यवसायीहरुले पनि सहयोग गरेका छन् ।

झापाबारमा आवद्ध कानुन ब्यवसायीहरुले केन्द्र मार्फत जम्मा गर्ने गरी ५१ हजार रुपैंया सहयोग गरेका छन् । झापामा बारमा एक सय ५० बढी कानुन ब्यवसायीहरु आवद्ध रहेको झापाबारका सचिव भीमप्रसाद बरालले जानकारी दिए । सरकारले कोषमा सबैलाई सहयोग गर्न आह्वान गरेको र यो महामारीबाट बच्नका लागि आफूहरुले पनि सहयोग गरेको उनको भनाई छ । मुलुक अहिले लकडाउनको अवस्थामा रहेको र आवश्यक परेका खण्डमा पुनः छलफल गरेर आर्थिक सहयोग गर्ने निर्णय भएको सचिव बरालले जानकारी दिए ।

कानुन ब्यवसायीहरुले सबैलाई कोषमा रकम जम्मा गर्न आह्वान समेत गरेका छन् । नेपालमा कोरोना भाइरसको संक्रमण फैल्न नदिन सक्दो प्रयास गर्नु पर्ने भन्दै ब्यवसायीहरुले लकडाउनको पालना गरेर सरकारलाई सहयोग गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर