यो दृष्य आफैमा करुणामय लाग्छ, राम्रो खाने, लाउने सुखसयनका साथ परिवारमा बन्ने मन नभएर होईन, गरिबी, समय परिस्थितीले र रोग जस्ता कारणले गर्दा यि व्यक्ती जस्तै कयौं मानिसहरु सडकमै रहेर जिन्दगी बचाउन बाध्य छन ।
कुनै समयमा यि व्यक्तीहरु समाजका लागि मान्ने गुन्ने, परिवारको जिम्मेवार अभिभावक, आफन्तको प्रिय थिए होलान । तर आज यस्ता व्यक्ती कसैको पनि बन्न सकेका छैनन् । धेरैका नजरमा घृणित बनेका छन, कसैकसैले भने यिनीहरुको पिडा बुझेर भोकले तड्पिई रहेका बेला खानेकुरा दिने मनकारी धार्मिक मानिसहरु पनि समाजमा छन । तर यतीवेला त्यस्ता मनकारी व्यक्तीहरु पनि लकडाउनमा परेका छन ।
सधै झै भोकाएर सहरका होटल, खाजाघर अगाडी गएर खानेकुराको आस गरेर बस्ने ठाउँपनि छैन, सबै सटर बन्द छ, अझ कोरोना भाईरस सर्ने डरले कोही कसैको छेउमा जान पनि चाहादैनन ।
लकडाउन अघी कति पएले मायाँ दँयाले रहेको बासीसाजी जेछ खानेकुरा दिने गर्थे । कतिले गाली र हप्कीदप्की गर्दै खेदाउने गरेको पनि देखिने गरेको छ ।
हाम्रो नेपालको संविधानले मानवको मात्र हैन पशु पंक्षी चराचर प्राणीले बाच्न पाउने अधिकार सुनिस्चित गरेका छ, तर यिनी जस्ता कयौंले व्यक्तीहरु त्यो अधिकार पाउनबाट बन्चित रहेका छन, के यिनीहरु मान्छे होईनन ? नेपालमा पशुको अधिकार संरक्षणमा लाग्ने कयौं एनजिओहरु सक्रिय छन, यस्ता पिडित विवस नागरिकको लागि बोलिदिने अधिकार सुनिस्चित गरिदिन्छौं भन्ने निकाय पनि छन तर कतै देखिदैनन, भेटिदैनन । शिक्षित वर्ग र राजनीति धेरामा मात्र रमाउने गरेको ओरोप लाग्ने गरेको छ ।
आफ्नो देशमा रहेका हरेक नागरिक सरकारको नजरमा एकै हुनुपर्ने सरकार पनि विभेद गर्छ, सडकमा रहेका कुकुरलाई भ्याङसिन हान्दै हिडछ तर यस्ता मान्छेहरुलाई कुकुर जती पनि महत्व दिदैन । यिनिहरु मान्छे हुन या होईनन सरकार ? यदी यिनिहरु मान्छे हुन भने मानवले पाउने अधिकार सुनिस्चित गराउनु पर्यो, सरकारको नजरले मान्छे ठान्दैन भने यिनीहरु को हुन ?
स्थानिय जनप्रतिनिधीमा एक सुझाव दिन आवसेक भएको विवेकशिल नागरिकले ठानेका छन । आफ्नो नगरको बाटो गल्लीमा बिजोक देखाएर यिनिहरु बाच्दा र मर्दा स्थानिय सरकार प्रमुखको ईज्जत बढदैन । उचित व्यवस्थापन गर्न तर्फ ध्यान दिन जरुरी छ ।