Aamsanchar

बिर्तामोड नगरलाई, बिर्तामोड नेकपा द्वारा १० हजार किलो चामल हस्तान्तरण

Author Image
सोमवार, चैत २४, २०७६

बिर्तामोड ।  नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बिर्तामोड नगर कमिटीले बिर्तामोड नगरका विपन्न बर्गको लागि राहत उपलब्ध गराउन नगरले स्थापना गरेको   कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा चार लाख बराबरको १० हजार केजी चामल उपलब्ध गराएको छ ।

सोमबार नगरपालिका कार्यलयमा नेकपा नगर अध्यक्ष ज्ञानुराम प्रसाई लगायतका नगर कमिटी पदाधिकारीहरुको उपस्थितमिा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुव शिवाकोटी र उपप्रमुख पवित्रा महतरा प्रसाईमार्फत उक्त राहत खाद्ययन्न हस्तान्तण गरिएको हो । नेकपाले आन्तिरिक रुपमा नगरभित्र रहेका पार्टी सदस्यहरुको स्वतस्र्फुत सहयोगबाट राहत खाद्ययान्न जुटाईएको अध्यक्ष प्रसाईले बताए ।

धेरै जनसंख्या भएको कारण लगत उठाउन र राहत दिनुपर्ने विपपन्न मजदुरको संख्या पनि धेरै भएकोले स्थापना गरिएको कोषले मात्र धान्ने अवस्था नरहेको बेला बिर्तामोड नेकपा नगर समितिले उपलब्ध गराएको चामलले नगरभित्र रहेका सबै विपन्न वर्गलाई बितरण गर्न थप सहयोग पुगेको बताए । उनले भने अरु संघ संस्थाहरुको पनि सहयोग जुटदैछ, नगरमा रहनुहुने उद्योग, व्यवसायी, संघ संस्थाहरुलाई पनि कोषको लागि सहयोग गर्न आग्रह गर्दछु ।

लकडाउनको नियम पालना गर्न गराउन पनि नगरपालिका जिम्मेवारी रहनु पर्ने त्यसको तयारीका लागि प्रविधिक काम गर्दै जादाँ केही ढिला हुन गएको छ, आजबाट सबै वडा बाट राहत पुर्याएर वितरण सुरु गर्ने र एक घर परिवार संख्याको आधारमा ४ केजी देखि ३० किलो सम्म चामल र एक केजी दाल एक केजी नुन उपलब्ध गराउने नगरका प्रवक्ता अग्नीप्रसाद पाण्डेले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर