Aamsanchar

बाहिरी जिल्लाबाट झापाआई बसेका बिद्यार्थीलाई गृह जिल्ला पठाउने तयारी

Author Image
शनिवार, चैत २९, २०७६

बिर्तामोड । झापा जिल्लाका विभिन्न स्थानमा कोठाभाडा लिएर अध्ययनका लागि बसेका झापा बाहिरका विद्यार्थीलाई जान चाहाएको खण्डमा उनीहरुको गृह जिल्ला पुर्याइने भएको छ ।

कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपछि कोठाभाडा लिएर बसेर अध्ययनरत विद्यार्थी समस्यामा परेकाले उनीहरुलाई गृह जिल्ला पुर्याउने व्यवस्था गरिएको कोरोना भाइरस रोकथाम, उपचार तथा समन्वय अनगुमन समिति झापाका संयोजक सोमनाथ पोर्तेलले जानकारी दिए ।

पोर्तेलका अनुसार झापामा करीब ३५० विद्यार्थी बाहिर अन्य जिल्लाबाट आएर अध्ययनरत रहेका छन । “लकडाउनका कारण विद्यार्थी समस्यामा रहेकाले उनीहरुलाई आआफ्नो घरमा पुर्याउने समितिको निर्णय भएको छ”, उनले भने, “चाँडै उनीहरुलाई घर पु¥याइने व्यवस्था गर्दै छौँ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर