Aamsanchar

मकैबारी र बगरमा प्रहरी, चर्को घाम हावाहुरीको पनि सामना गर्दै

Author Image
बुधवार, वैशाख ३, २०७७


झापा । छिमेकी मुलुक भारतको विभिन्न प्रान्तमा कोरोना संक्रमित बढदै छन् । जसका कारण भारतसँग खुला सीमा रहेको तराईमा कोरोना संक्रमणको जोखिम उच्च छ । झापाको पूर्वी र दक्षिणी क्षेत्र अझ जोखिम मानिएको छ । किनकी भारतिय नागरिक आउन सक्ने सम्भावना धेरै रहेको छ, मुख्य तय आउने सम्भावनाको कारण भनेको पर्याप्त प्रहरीको संख्या कमी र बाक्लो मकैबारी हुनु हो ।

सीमित जनशक्ति रहेको प्रहरीले मात्र सीमाको सुरक्षा गर्न सम्भव नभएपछि प्रहरीले नै स्थानीयलाई समेटेर सीमा सुरक्षा समिति गठन गरेको छ ।
झापामा दक्षिण–पश्चिम गौरीगन्जदेखि पूर्वोत्तर मेचीनगरको तिरिङसम्म एक सय ४४ किलोमिटर खुला सीमा छ । सीमाका नेपाली र भारतीयबीच एकै देशका छिमेकीजस्तो सम्बन्ध छ । सीमाका अधिकांश भारतीयले नेपालीको खेती गर्दै आएका छन् । लकडाउनको समयमा पनि सीमामा खेती गर्ने अधिकांश भारतीयहरु मकैमा पानी लगाउन भन्दै लकडाउनको बेला नेपाल आउने गरेको स्थानियहरु बताउछन । तर एक हप्ता देखि सिमामा जनपथ र ससस्त्र प्रहरी बस्न थाले पछी भारतीयहरु आउने क्रम बन्द भएको झापा गाउँपालिका वडा नं. ४ का अध्यक्ष राजु भारती बताउछन ।
लकडाउकै वेला पनि लागुपदार्थ खान वारी पारी गर्नेहरु देखिन्थिए नाकामा बाक्लै प्रहरी बस्न थाले पछी त्यस्ता व्यक्तीहरुको आउने जाने क्रम बन्द भएको छ, अब हाम्रो टोल सुरक्षित रहने विश्वास लिएको नकलबन्दाका राजेश ओली बताउछन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार सीमामा कडाइ गर्न स्थानीयको संलग्नतामा सीमा सुरक्षा समिति गठन गरिएको छ । ‘खेती गर्न आउने भारतीयलाई रोक्न प्रहरीले मात्र सम्भव छैन । सीमामा रहेका प्रहरीलाई सहयोग गर्न स्थानीयको समिति बनाएका छौँ,’ उनले भने, ‘यसले प्रहरीसँगै सीमामा गस्ती गर्छ ।’ झापामा १६ वटा स्थानीय समिति बनाइएको उनले बताए ।

समितिहरूले प्रहरीलाई सहयोग गरिरहेका छन् । समितिका सदस्य प्रहरी पुग्न नसकेको ठाउँ र प्रहरीसँगै गस्ती गर्छन । ‘समितिमा हामीले दुई समूह बनाएका छौँ । यसले दुई सिफ्ट गरेर २४सै घन्टा नै गस्ती गर्ने गरेको स्थानीय नवराज भट्टराईले बताए ।

कमैबारी र खोलाको बगरमा प्रहरी, चर्को घाम हावाहुरीको पनि सावना गर्दै
सुरक्षा निकायले सीमामा सुरक्षाकर्मी बढाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार झापाका सबै खुला सीमामा दुई सय २० सुरक्षाकर्मी खटाइएको छ । नेपाल प्रहरीका एक सय र सशस्त्र प्रहरीका एक सय २० सुरक्षाकर्मी खटाइएका छन् । उनीहरूले खेती गर्न नेपाल आउने भारतीयलाई समेत रोक्ने गरेका छन् । सीमामा खटाइएका प्रहरीहरू भारतीय प्रवेश गर्ने बाटो रहेका स्थानहरूमै बसेका छन् । त्यहाँ प्रहरी २४सै घन्टा बस्छन् । त्यसका लागि उनीहरूले त्रिपाल टाँगेर बस्ने ठाउँ बनाएका छन् । तर, पालले न राम्रोसँग घाम छेक्छ न पानी नै ।

तिन दिन अघी रातभर हावा चल्नुका साथै पानी पनि पर्याे । कचनकवलमा प्रहरीले बनाएको अस्थायी टहरा हावाले भत्काइदियो । उनीहरूसँग ओत लाग्ने छानो नै भएन । दुई घन्टाभन्दा लामो समय पानीमा भिजेपछि प्रहरी दुई किलोमिटर टाढा रहेको पथरिया प्रहरी चौकी पुगे । तैपनि प्रहरीले कस्टसँग गस्ती गरिरहेका छन् । ‘न केही सुरक्षा सामग्री छ न त सबैलाई हतियार नै छ । खुला सीमा खतरा नै हुन्छ,’ सीमामा खटिएका एक प्रहरी भन्छन, ‘लौरोको भरमा दुईजना प्रहरी रातभर बस्नुपर्छ । हामी कति सुरक्षित ?’ सिमानामा चोर तथा डाँकाको बिगबिगी रहेकाले हतियारविनाका प्रहरी असुरक्षित रहने कचनकवल– ३ का अध्यक्ष विजयकुमार राजवंशी बताउँछन् ।

समस्याका बाबजूद देशलाई कोरोनोमुक्त बनाउन उनीहरू दिनरात नभनी खटिरहेका छन् । उनीहरूले भारतीय प्रहरी, सीमा सुरक्षा बल र स्थानीयसँग सहकार्य गरेर काम गरिरहेका छन् । ‘हामी एसएसबी र स्थानीयको साथमा काम गरिरहेका छौँ’, प्रहरी निरीक्षक ब्रह्मदेव साह भन्छन्, ‘सीमामा सुरक्षाकर्मी खटाएकाले काम प्रभावकारी भइरहेको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर